अग्लुङ्गमा ४५ दिने बुटिक तालिम सम्पन्न

बिवश विष्ट
गुल्मी, २५ जेठ । गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम बुटिक तालिम सम्पन्न भएको छ । तालिममा सहभागी प्रशिक्षार्थी महिलाहरुलाई विभिन्न वस्तुहरुमा बुट्टा भर्न तथा अन्य तालिमहरु सिकाईएको छ ।

ग्रामीण उद्दमशिलता विकास कोषको आयोजना तथा घरेलु साना उद्योग विकास समिति गुल्मीको सहयोगमा यो कार्यक्रम जिल्लाको मदाने गाउँपालिका-०१ अग्लुङ्गमा सम्पन्न भएको हो । ४५ दिन सम्म सञ्चालित बुटिक बुन्ने तालिममा १५ जना महिलाहरुलाई सीप सिकाईएको छ।

गत बैशाख १२ गतेदेखि सुरु गरिएको तालिम हिजो शुक्रबार सम्पन्न भएको हो । तालिम सम्पन्न भएसँगै तालिममा सहभागी प्रशिक्षार्थीहरुले तालिमबाट सिकाईएका कुरामा दक्ष भएको बताएका छन् । तालिमको समापन कार्यक्रममा बोल्दै बक्ताहरुले सिकेका कुरा व्यवहारमा उतार्नको लागि गाउँघरमै बुटिकसम्बन्धि साना तथा ठुला उद्योगहरु खोल्नुपर्ने बताएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ