मुसिकोट नगरपालिकाको महिनावारी स्वच्छता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

रामकृष्ण कंडेल
गुल्मी, जेठ १४ । मर्यादित महिनावारी: अब काम थालौ भन्ने मुल नाराका साथ मुसिकोट नगरपालिकाका बिभिन्न बिधालयमा छैठौं महिनावारी स्वच्छता व्यबस्थापन दिवस मनाईएको छ ।

मुसिकोट नगरपालिका गुल्मीको आयोजनामा शारदा बिधा मन्दिर मा बि मुनपा ८, वामी मैदानमा छैठौं महिनावारी स्वच्छता व्यबस्थापन दिवस को अवसरमा आज अन्तरक्रिया कार्यक्रम आयोजनागरी सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा मुसिकोट नगरपालिका ‘वास’ संयोजक सिता भुसालले सुरक्षित महिनावारीको बारेमा यस बिधालयमा अध्यन गर्ने छात्रा हरू लाई बिशेष ज्ञान मन्तब्यको क्रममा राख्दै सेनेटेरी प्याड प्रयोग गर्ने तरिका समेत प्रदर्शन गर्नु भएको थियो।

बिधालयका प्रधानाध्यापक ज्ञानहरी सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखा प्रमुख अम्मर बहादुर केसी, जनस्वास्थ्य शाखा संयोजक ढाल बहादुर जिसीको उपस्थिती रहेको थियो । साथै यस बिधालयमा अध्यनरत छात्राहरूको लागि १ सय ६३ पिस सेनेटेरी प्याड नगरपालिकाको तर्फबाट नि:शुल्क रूपमा हस्तान्तरण गरिएको छ । सोही प्रकारको कार्यक्रम महेन्द्र आदर्श माबि वामीटक्सार र त्रिभुवन माबि, भुवाचिदीमा पनि सम्पन्न भएको जानकारी प्राप्त भएको छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ