नेपाली कांग्रेसका प्रवक्ता शर्मा सदरमुकाम तम्घास आउने, वामीमा हुने भनिएको कार्यक्रम तम्घास सारियो

सन्तोष महतारा
गुल्मी, जेठ १३ । मुसिकाेट नगरपालिका वामी आउने भनेका नेपाली काङ्ग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा सदरमुकाम तम्घास आउने भएका छन् । नेपाली काङ्ग्रेसकाे जागरण अभियानलाई सम्बोधन गर्न काङ्ग्रेस प्रवक्ता शर्मा यस अघी मुसिकाेट नगरपालिकाको वामीटक्सारमा आउने कार्यक्रम तय भएको थियो ।

गुल्मीमा नेपाल बिद्यार्थी संघ गुल्मी र नेपाल तरुण दल गुल्मीकाे सहकार्यमा संचालन गर्न लागेकाे कार्यक्रम पछी सदरमुकाम तम्घासमा हुने भएपछि शर्मा तम्घास आउने निस्चित भएको नेपाल विद्यार्थी संघ गुल्मीका सभापती झविन्द्र पाण्डेले जानकारी दिनुुुुभयाे ।

कार्यक्रम सदरमुकाम तम्घासमा गर्दा ब्यवस्थापकिय हिसाबले सहज हुने भन्दै तम्घासमा आयाेजना सारिएको नेपाल तरुण दल गुल्मी सभापती भरत भलामीले जानकारी दिनुभयाे ।

कार्यक्रम यहि जेठ २० गते गुल्मी सदरमुकाम तम्घास बाल मन्दिरमा हुने छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ