सामाजिक विकास मन्त्री बलालले आशा अपाङ्ग केन्द्रको अवलोकन, बजेटको सही सदुपयोग गर्न आग्रह

गुल्मी, जेठ १० । प्रदेश नं–५ का सामाजिक विकास मन्त्रि सुर्दशन बलालले आशा अपाङ्ग केन्द्र गुल्मीको अवलोकन गरेका छन् । प्रदेश नं पाँचबाट अपाङ्गता भएका व्यक्तिहरुको पुर्नस्थापना र शशक्तिकरण तथा क्षमता विकासका लागि कार्यक्रम सञ्चालन हुनेभएपछि मन्त्री बलालले अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा मन्त्री बलालले अपाङ्गता भएकाहरुका लागि थोरै बजेट कनिका छरेजस्तो छर्नु भन्दा एकै ठाउँबाट कार्यक्रम सञ्चालन गर्दा यसको प्रभावकारीता बढ्ने बताए । अपाङ्गता भएकाहरुका लागि आशा अपाङ्ग केन्द्रले उल्लेखीय कार्यहरु गरेको भन्दै प्रदेशबाट आफूले उपलब्ध गराएको बजेटको सही सदुपयोग गर्न अनुरोध गरे ।

प्रदेशबाट पप्त बजेट २ तरिकाबाट कार्यान्वयन गरिनेछ । जसमा शशक्तिकरण तथा क्षमता विकास तालिम सञ्चालन र अपाङ्गगता पुर्नस्थापना रहने छन् । शशक्तिकरण तथा क्षमता विकास तालिम रेसुङ्गा नगरपालिकासँगै मदाने र मालिका गाउँपालिकामा सञ्चालन गरीने छ । जसअन्तर्गत माहुरीको चाकाबाट बन्ने मैन बत्ति तथा अपाङ्गता कानुनी अधिकार सम्बन्धी तालिम सञ्चालन गरीने छ ।

यस्तै अपाङ्गता पुर्नस्थापना कार्यक्रम अन्र्तगत स्वास्थ्य उपचार,कृत्रिम अगं निर्माण तथा खरिद, उद्धार तथा पुर्नस्थापना, खाना–खाजा, बिरामी तथा फिजियो उपचार गरिने छ । त्यस्तै लुगा फाटो, व्यवसाय सञ्चालनका लागि सहयोग, मनोसामाजिक परामर्श एवं सिप विकास तालिम सञ्चालन गरिने आशा अपाङ्ग केन्द्रका सुरेश श्रेष्ठले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ