सन्तोष महतारा
गुल्मी, जेठ ०२ । नेपाली काङ्ग्रेसकाे आयाेजनामा जागरण कार्यक्रम देशव्यापी रुपमा सुरु भएकाे छ जसमध्ये आज गुल्मीको धुर्काेटमा सम्पन्न भएकाे छ ।
कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा वाेल्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य हरि प्रसाद नेपालले नेपाल कम्युनिस्ट पार्टीले १० बर्ष आन्दोलन गरेर पनि ल्याउन नसकेकाे संविधान नेपाली काङ्ग्रेसले ल्याएकाे बताउनुभयाे । उने भने “कम्युनिस्ट पार्टीकाे सरकारले गर्न नसकेका काम नेपाली काङ्ग्रेसले मात्रै गर्न सक्छ ।”
कार्यक्रमका विशेष अतिथि गुल्मी काङ्ग्रेस पार्टी सभापति भुवन प्रसाद श्रेष्ठले लामाे समय पछिकाे अभ्यास पछि काङ्ग्रेस निर्णयमा पुगेकाे बताउनुभएको छ । उहाँले याे अभियान काङ्ग्रेस मात्रै हाेइन देश जगाउने अभियान भएकाे बताउनु भयाे । श्रेष्ठले अभियान जनताको बिचमा निकै लाभदायक र महत्त्वपूर्ण रहेकाे समेत उल्लेख गर्नुभयाे ।

जागरण अभियानमा पार्टी प्रवेश कार्यक्रम पनि सम्पन्न भएकाे छ । नेपाल कम्युनिस्ट पार्टीकाे विभिन्न संघसंस्थामा आवद्द रहेका कपुर घिमिरे, रमेश पन्थी, बद्री खनाल र भाेजराज विक नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्दे कपुर घिमिरे वर्तमान कम्युनिस्ट पार्टीको सरकारले भष्ट्रचार, अनियमितता, महङ्गी बढाएकाे र राष्ट्र नै बेच्न लागेकाे भन्दै आफु नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाे बताए । उनले भने “याे कम्युनिस्ट पार्टीको सरकारले भष्ट्रचार, महङ्गी र अनियमितता अगाडि बढेकाे छ । “
जागरण अभियान तीन चरणमा संचालन भइराखेकाे छ । पहिलाे चरण ३० दिने, दाेस्राे चरण १५ दिने र तेस्रो चरण १० दिने गुल्मी काङ्ग्रेसले बताएकाे छ ।
पहिलाे चरणकाे धुर्काेट गाउँपालिका गुल्मीमा बाेल्दै अधिकांशले कम्युनिस्ट सरकार अधिनायकवाद र लाजमर्दो स्थिति मा पुगेकाेले जागरण अभियान महत्त्वपूर्ण भएकाे बताएका थिए । कार्यक्रममा गुल्मी काङ्ग्रेसका विभिन्न भातृ संगठन तथा शुभेच्छुक संस्थाकाे लगायत धुर्काेट वासीकाे उपस्थित रहेकाे थियाे ।







