ठेकेदारको ढिलासुस्तीले उल्लीखोला पुल निर्माण अलपत्र, बन्दै गरेको पुललाई स्थानियले बनाए आँगन

टोपलाल अर्याल
गुल्मी, बैशाख २४ । समयमै निर्माण नहुँदा गुल्मीको उल्लीखोलामा निर्माणाधीन पुल अलपत्र परेको छ । निर्माण पूरा नभएको पुलमा अहिले स्थानीय किसानले गहुँ झारिरहेका छन् । आधा भाग ढलान गरेको पुललाई रुरु–५ बम्घाका श्याम बोटेले आँगनका रूपमा प्रयोग गरिरहेका छन् । ‘ठेकेदार आउन छाडे । पुल तत्काल बन्ने छाँट छैन,’ उनले भने, ‘अहिले हामीलाई पुलले आँगनको काम गरेको छ ।’ बडीघाट खोलामा निर्माणाधीन उल्लीखोला पुल साढे दुई वर्षदेखि अलपत्र छ । आठ करोड ७६ लाख रुपैयाँमा निर्माण सक्ने लक्ष्यसहित २६ असार ०७० मा लुम्बिनी–शान्ति जेभीले पुल निर्माणको ठेक्का लिएको थियो ।

म्याद थप्दा पनि काम भएन
सम्झौताअनुसार २ असार ०७३ मै पुलको निर्माण सकिनुपर्ने थियो । तर, ठेकेदारको ढिलासुस्तीका कारण अहिलेसम्म पुलको एकतिहाई काम मात्रै सकिएको छ । समयमै काम नसकिएपछि २६ पुस ०७३ मा पुनः म्याद थप गरिएको थियो । तर, म्याद थप भए पनि पुल निर्माण कार्य अघि बढेको छैन । मदन भण्डारी राजमार्ग योजना कार्यालका निमित्त प्रमुख शरदकुमार आचार्यले तत्काल पुल निर्माण कार्य अघि बढाउन निर्देशनात्मक पत्र पठाइएको बताए । निर्माण कम्पनी लुम्बिनी शान्ति जेभीका प्रतिनिधि विनोद महर्जनले भने माटो परीक्षणको रिपोर्ट आएपछि बाँकी काम अघि बढाइने बताए ।

‘काम गर्दै जाँदा समस्या देखिएपछि पुल निर्माणको काम रोकेका हौँ, ‘उनले भने, ‘माटो परीक्षणपछि थप काम अघि बढ्छ ।’ समस्याका विषयमा विभाग र आयोजनामा पत्राचार गरेर इस्टिमेट परिवर्तन गर्न खोज्दा कर्मचारी सकारात्मक नभएपछि काम गर्न गाह्रो भएको उनको भनाइ छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D