सदरमुकामकै पसल होटेलले मुल्य सुचि राख्दैनन्, उपभोक्ता संरक्षण निर्देशनालय रुपन्देहीको टोलीले दियो चेतावनी

तिलाचन पाण्डे
गुल्मी, बैशाख २३ । सदरमुकाम तम्घासमै रहेका किराना तथा होलसेल पसलहरुमा मुल्य सुचि नराखेको पाइएको छ । उद्योग बाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय रुपन्देहीको नेतृत्वमा तम्घास बजारमा गरिएको अनुगमनमा मुल्य सुचि नै नराखेको पाइएको हो । तम्घास बजारमा रहेको अस्मिता किराना पसलमा तम्घासमै धेरै सामान किन्नेहरुको भिड लाग्ने गर्दछ तर त्यहाँ मुल्य सुचि नै नराखेको पाइएको हो ।

यस्तो पाइए पछि उपभोक्ता संरक्षण निर्देशनालयका नारायण भट्टराईले मुल्य सुची र पसलको छाप नराखेको पाइयो, अहिलेलाई सुधार गर्नका लागि भनेका छौ यदि आगामी दिनहरुमा सुधार नभए कानुन अनुसार कारवाही गरिने चेतावनी दिए । उद्योग बाणिज्य संघ गुल्मीका माहासचिब तारा प्रसाद भुसालले तम्घासका पसलहरुलाई बाणिज्य संघले मुल्य निर्धारित गरी सबैलाई पठाइएको दाबी गरेका छन् तर किन राखेनन् त्यसलाई उद्योग बाणिज्य संघले पनि कडाइका साथ लागु गर्ने बताए ।

यता अस्मिता किराना पसललका संचालक राजन पाण्डेले अबिलम्ब मुल्य सुचि र छापको ब्यबस्था गर्ने प्रतिबदता जनाएका हुन् । टोलीले पैँचो पसल प्रालि, पाण्डे होटल, सयपत्रि होटल, अस्मिता किराना पसल र मैत्री मिष्ठान भण्डार लगायतमा अनुगमन गरेको थियो । अनुगमन टोलीमा उद्योग बाँणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय रुपन्देहीका नारायण भट्टराई , बालकृष्ण खनाल , जिल्ला प्रशासन कार्यलय गुल्मीका नायब सुब्बा तुल्सी न्यौपाने , गुल्मी उद्योग बाणिज्य संघका महासचिब तारा भुसाल, रेसुंगा नगरपालिका गुल्मीका तपन पाण्डे , पत्रकार लगायत जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । अनुगमन टोलीले होटलहरुमा सरसफाइमा ध्यान दिन सुझाब दिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ