गुल्मीमा झाडापखालाबाट बिरामी हुनेको संख्या १ सय ६० पुग्यो

जनार्दन घिमिरे
गुल्मी, बैशाख १४ । गुल्मीको मुसिकोट नगरपालिका-४ काे दजाकोटमा दूषित पानीका कारण गएकाे आइतबारदेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन ।

झाडापखालाबाट बिरामी हुनेहरुको संख्या शनिवार अपराह्नसम्म १ सय ६० पुगेको उपचारमा संलग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डीबी जीसीले बताउनु भएको छ ।

बिरामीहरुमध्ये पाँच जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भैरहेकोमा शनिवार दुई जनालाई डिस्चार्ज गरिएको छ भने एक जनालाई भरतपुर मेडिकल कलेज चितवनमा उपचार भैरहेको छ । अन्य बिरामीहरुको भने दजाकोटमै सञ्चालित अस्थाई शिविरमा उपचारपछि घर फर्कने गरेको संयोजक जिसीले बताउनु भयो ।

गुल्मी अस्पताल तम्घासमा डाक्टर उत्तम पचभैयाका अनुसार उपचारमा आएका पाँचै जनाको दिसामा एकै प्रकारको परजीवी देखिएका कारण पानीमा संक्रमण भएकाे हुनसक्ने बताउनु भयाे । पानी परीक्षणका लागि विश्व स्वास्थ्य संगठनबाट डाक्टरको टाेली शनिबार नै प्रभावित क्षेत्रमा पुग्ने जनाइएकाे छ ।

प्रभावित क्षेत्रमाखानेपानीको समस्या
झाडापखालाबाट प्रभावित दजाकोटको सिंगो बस्तीमा यतिबेला पिउने पानीको समस्या भएको छ । गएकाे एक वर्षदेखि नियमित रुपमा ८५ घरपरिवारले उपभोग गर्दै आएको पानी दूषित भएपछि स्थानीयहरु पानीकाे समस्यामा परेका हुन् ।

गाउँमा पानीको मुहान नभएपछि केही टाढा रहेको तालखोला भन्ने ठाउँबाट नगरपालिकाले शुक्रबारदेखि ट्यांकरबाट पानी वितरण गर्दै आएको छ । साथै प्रत्येक घरलाई एक कार्टूनका दरले बाेतलकाे पानी उपलब्ध गराएको नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयाे ।

यसबाहेक नगरपालिकाले बिरामीहरुकाे उपचारका लागि आवश्यक बजेटको व्यवस्था गर्ने सापकोटाले बताउनु भएको छ । अहिले प्रभावित बस्तीमा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएकाे छ । -उज्यालो अन्लाईन डट कमबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ