gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा भेटियो अर्को वहुरुपी गुफा

प्रेम सुनार
गुल्मी । गुल्मीमा विचित्र गुफा भेटिएको केहि वर्ष पछि फेरि अर्को वहुरुपी गुफा फेला परेको छ । सदरमुकाम तम्घासबाट उत्तर करिव ४५ किलो मिटर दुरीमा पर्ने मालिका गाउँपालिकाको दुनामखोलाको तटमा उक्त वहुरुपी गुफा फेला परेको हो ।

गुफामा देवीदेवताको वासस्थान जस्तो लाग्ने दुई वेग्ला बेग्लै गुफाहरु छन भने ती दुवै स्थान भित्र अर्को कैलाश पर्वत जस्तो लाग्ने विशाल स्थानमा पुग्न सकिन्छ । एउटा गुफा भित्र सुन जस्तै टल्किने विभिन्न धार्मिक आकृतिहरु देख्न सकिन्छ भने अर्को गुफा भित्र पुरै चाँदी जस्ता विभिन्न आकृतिले झकमक्क देखिन्छ ।

दुवै गुफाहरु भित्रको लम्वाई करिव १ किलोमिटर भएको स्थानीयवासीको अनुमान छ । सेनाहरुले युद्धमा प्रयोग गर्न सक्ने शैलीका वनावटहरु पनि गुफा भित्र पाउन सकिन्छ ।

गुफाको माथिको भागमा सयौ मानिसहरु ओत लाग्न सक्ने चट्टानी ओत पनि रहेको छ । दुनाम खोलाको सफा कलकल बग्ने पानीको सुविधासहित खोला किनारमा ठूलो मेलाको आयोजना समेत गर्न सकिने आकार्षक वातावरण रहेको छ ।

स्थानीय शिक्षक रुद्रबहादुर पुन सदिऔदेखि ओझेलमा परेको उक्त गुफा प्रचारप्रसारमा ल्याई राज्यको ध्यानाकृष्ट गराए संरक्षणको पाटोमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुहुन्छ ।

अर्का स्थानीयवासी दुजमान पुनले पनि गुफाको ऐतिहासिक महत्व खोज्नु पर्ने, कुनै धातुुको उत्खनन स्थल समेत हुन सक्ने भएकोले विज्ञहरुबाट खोज अनुसन्धान हुनु पर्ने र यस गुफालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुहुन्छ ।

गुफा भित्र विभिन्न धार्मिक आकृति पनि रहेकोले यस्को सम्बन्ध अध्यात्म क्षेत्रसंग रहेको पनि प्रष्ट छ ।

यस गुफाको सही उत्खनन र अध्ययन गरि यस्को यथार्थ सार्वजनिक गर्न सके यहाँ ठूलो संख्या पर्यटक पुग्ने अनुमान गर्न सकिन्छ । गुफाको खोज अनुसन्धानमा भूगर्वविद्हरुको समेत ध्यान जान पनि जरुरी छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D