gulminews logo
शुक्रबार, २०८० चैत्र १६

डाक्टर के.सीको पक्राउ बिरुद्द गुल्मीका १० संघसँस्थाद्वारा बिरोध, यि हुन् ति १० सँस्थाहरु

प्रेम सुनार
गुल्मी, पुस २६ । चिकित्सा शिक्षा सुधारको माग गर्दै लामो समयदेखी संघर्षरत डाक्टर गोविन्द के.सी लाई पुसा २४ गते अपहरणको शैलीमा गरिएको गिरफतारी विरुद्ध गुल्मीका संघसंस्थाहरु विरोधमा उत्रिएका छन् । उनिहरुले एक विज्ञप्ती जारी गरी विरोध जनाएका हुन् ।

यस्तो छ विज्ञप्तीको पुर्ण पाठ
चिकित्सा शिक्षा सुधारको माग गर्दै लामो समयदेखी संघर्षरत डाक्टर गोविन्द के।सीलाई पुसा २४ गते अपहरणको शैलीमा गरिएको गिरफतारीले हामी न्याय लोकतन्त्र र मानव अधिकारप्रति आस्था राख्ने सचेत नागरीकहरु स्तब्ध भएका छौँ । डा. के।सीको गिरफ्तारी न्याय लोकतन्त्र र मानव अधिकारको मान्यताको पूर्ण विपरीत र स्वेच्छाचारी काम भएको हाम्रो ठहर छ । न्यायलय भित्रको विकृती र भ्रष्टाचारको विरोध गर्नु न्यायलयको अवहेलना होइन ।

राज्यका सबै संस्थाका काम कारबाहीका बारेमा बोल्न र सुधारको माग गर्न पाउने नागरीकको अधिकार संविधानले नै सुरक्षित गरेको सम्बन्धमा डा.केसीका क्रियाकलापबाट अदालतको मानहानी हैन अदालत शुद्धिकरण गर्ने हाम्रो लगायत सम्पूर्ण मानव अधिकारको संरक्षण गर्नुपर्ने संस्था आफै प्रतिशोधपूर्णक्रियाकलापमाउत्रनु लोकतान्त्रीक मान्यता र स्वतन्त्र न्यायपालिकाको गरिमालाईनै धज्जी उडाउने कदमका साथै व्यक्तिगत स्वतन्त्रता र न्यायीक मान्यताको विरुद्धको कदम भएकाले डा. केसीलाई तत्काल स–सम्मान रिहा गर्न र दोषीलाई कानुन बमोजिम कार्वाही गर्न हामी गुुल्मीका तमाम संघ संस्थाहरु जोडदार माग गर्दछौँ । साथै डा. केसीका मागहरुमा हाम्रो एक्यवद्धता रहेको जानकारी गराउँदै सम्पूर्ण गुल्मी न्यायप्रेमी जनसमुदायहरुलाई यस अभियानमा एक्यवद्धता जनाउनुहुन हामी हार्दिक आग्रह गदैछौँ ।

एक्यवद्धता जनाउने संघ सँस्थाहरु:
१. गुल्मी उद्यो वाणिज्य संघ
२. नेपाल पत्रकार महासंघ, गुल्मी
३. सुशासन अभियान, गुल्मी
४. नेपाल नागरिक समाज, गुल्मी
५. नागरिक समाज, गुल्मी
६. मानव अधिकार संरक्षण मञ्च
७. सिर्जनशिल सामुदायिक विकास केन्द्र
८. नेपाल बार एसोसिएसन, गुल्मी
९. पतञ्जली पयो समिति, गुल्मी
१०. गैरसरकारी संस्था महासंघ, गुल्मी

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D