gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

मालिकाको दर्लिङ्गमा बस पुग्यो, स्थानीय खुसी

टोपलाल अर्याल
गुल्मी, ५ फागुन । बिहिबार मालिका २ दर्लिङ्गका ८३ बर्षीय लाल बहादुर अर्याल बिहानै चुत्राबोटबाट बस हेर्न दर्लिङ्ग आए । उनी उमेरमा त्यहि बस ल्याउन बाटो खन्न पाल्पा समेत पुगे । तर, अहिलेसम्म बस चढेर घर फर्किनन् । आज गाउँमै बस पुग्यो । अर्यालको मन मात्रै खुसी भएको छैन । तीन वडाका थुप्रै गाउँले बास हेर्न र खुसी साट्न दर्लिङ्ग पुगे । उनीसंग कैयौ पटक हिडेर वुटवल, पाल्पा र तम्घास पुगेका अनुभव पनि छन् ।

पछिल्ला केहि बर्षहरुमा सडक बिस्तार हुँदै गएपछि गाउँमा जीप पुगे । अर्याललाई आफु बाचुन्जेल गाउँबाटै बस चढौला भन्ने लागेको पनि थिएन् । ‘बाटो खन्न पाल्पा पुगें, बस चढने बेला उमेर गयो । छोरानातिले सुविधा पाउने भए,’उनले भने,‘अझै राम्रो राम्रो विकास होस् ।’ लठ्ठी टेकेर मालिका १ नेटाकी ७१ बर्षीया दिलमाया श्रीस पनि बस हेर्न दर्लिङ्ग आइन् । उनलाई पनि गाउँमा बस आउला भन्ने लागेको थिएन् । उनीसंग पनि हिडेर तम्घास पुगेका कैयाँ अनुभव र पीडा छन् । आज गाउँमै बस देखेर श्रीस पनि छक्क परिन् । ‘पैसा तिरेर पनि सीटमा सजिलैसंग बसेर बजार जानु थिएन । अझै कैयौ पटक गाडी नपाइएर हिड्नुपथ्र्यो,’उनले भनिन अव त घरबाट बसमा सरररर ।’

बस सेवा शुभारम्भ ः चालकलाई अभिनन्दन

जिल्लाको विकट मानिने मालिका गाउँपालिका वडा १ को नेटा, वडा नं २ को दर्लिङ्ग र वडा नं ३ ह्वाङदीमा बस पुगेको हो । पहिलो पटक पश्चिम नेपाल बस व्यावसायी संघको लु १ ख ५७९७ नम्बरको बस दर्लिङ पुगेको हो । नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले बस सेवा शुभारम्भ तथा बस चालक गोपाल प्रसाद श्रेष्टलाई फुलमालाले स्वागत अभिनन्दन गरेका थिए । सोहि क्रममा बिष्टले भौगोलिक विकटता र द्धन्दको चपेटामा परेको मालिकाका दुर्गम गाउँको मुहार फेर्न फेरिदै गएको बताए ।

गाउँपालिका प्रमुख रित बहादुर थापाले अब सडकको कारण बस नपुग्ने वडाहरु नभएको बताए । उनले भुगोलका कारण बर्षातमा केहि समस्या भएपनि मालिकाका सवै गाउँमा बस पुग्ने स्थिती रहेकाले गाउँदेखि बुटवलसम्म यात्रासंगै कृषि उत्पादनलाई जोड्न स्थानीयलाई आग्रह गरे । दर्लिङ तम्घासबाट ४६ किलोमिटर टाढा रहेको छ । अहिलेसम्म स्थानीयले बर्खामा सात सय र हिउँदमा पाँच सयसम्म जीपको भाडा तिर्दै आएका थिए । अब बसको भाडा अहिलेको अवस्थामा करिव तीन सय हुने स्थानीय युवा पदम श्रीसले जानकारी दिए । उनले मालिका र मुसिकोटका विभिन्न वडाहरु हुँदै तम्घास वुटवल पुग्ने प्रयाप्त यात्रु हुने भएकाले निरन्तर सेवा दिनुपर्नेमा जोड दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D