gulminews logo
बिहीबार, २०८० चैत्र १५

६ मन्त्री र तीन राज्यमन्त्रीले लिए सपथ

काठमाडौं, मंसिर ०५ । नवनियुक्त मन्त्रीहरूले केहीबेरअघि पद तथा गोपनीयताको शपथ लिएका छन् । आज नवनियुक्त ६ मन्त्री र तीन राज्यमन्त्रीले शपथ लिएका हुन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराएकी हुन् । उनले घनश्याम भुसाल, हृदयेश त्रिपाठी, वसन्त नेम्वाङ, पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादवलाई सपथ गराएकी थिइन् ।

नेम्वाङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भुसालले कृषि, त्रिपाठीले संघीय मामिला तथा सामान्य प्रशासन, गुरुङले महिला बालवालिका तथा जेष्ठ नागरिक, रायले श्रम र भट्टले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले तीन राज्यमन्त्रीलाई शपथ गराएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D