६८ बर्षीय वृद्ध गिटी कुटेर गुजारा चलाउदै, सन्तानले नहेरेको गुनासो

कौरव खत्री
गुल्मी, १५ साउन । गुल्मीका एक ६८ बर्षीय वृद्ध गिटी कुटेर आफ्नो दैनिकी चलाउदै आएका छन् । मुसिकोट नगरपालिका वडा नं १ पौदीअमराई निवासी ६८ बर्षीय वृद्ध खिम बहादुर नेपालीले विगत एक महिना देखि दैनिक गिटी कुटेर आफ्नो गुजारा चलाउदै आएका छन ।

khem bahadur gulmi
वृद्ध नेपालीले भने,‘बुढेसकालमा अन्य काम गर्न नसक्ने र आँखा कमजोर हुदा कम देख्ने हुदा पनि हातको सहाराले जेनतेन स–साना ढुङ्गालाई कुटेर आफ्नो घरखर्च चलाउन केहि सहज भएको छ, खान बस्न पालिन मुस्किल छ।’

उनले अघि थपे,‘छोराछोरी भारतमा गएको पनि १०-१२ बर्ष भयो, उसले खासै सहयोग गरेको पनि छैन् यता दुईबुढाबुढी छौ, पालिनको लागि बुढेसकालमा गिटी कुट्न बाध्यता आईलागेको छ।

वृद्ध नेपालीले दैनिक ३-४ बोरा गिटी कुट्ने गरेको बताउछन्। प्रतिबोरा ७० रुपैयामा विक्रि वितरण गर्दै आएको उनको भनाई छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ