gulminews logo
बिहीबार, २०८१ बैशाख ६

५ नम्बर प्रदेशको अस्थाई राजधानी रुपन्देही, यस्ता छन् सरकारले तोकेका अस्थाई राजधानी

काठमाडौँ । मन्त्रिपरिषद्को आजको बैठकले सात प्रदेशको अस्थायी राजधानी तोकेको छ।

रक्षामन्त्री भीमसेन दास प्रधानले जनाए अनुसार प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ।

राजधानीको विषयमा सुझाव दिन सरकारले एउटा समिति गठन गरेको थियो। त्यो समितिले तीन प्रदेशमा एउटा मात्र र बाँकी चार प्रदेशमा विभिन्न सहरको विकल्प दिएको थियो।

समितिले एउटा मात्र विकल्प दिएका प्रदेशहरुमा प्रदेश नम्बर २, ४ र ६ थियो।

समितिले प्रदेशको राजधानी तोक्न भौतिक पूर्वाधार, यातायातको सुगमता, प्रशासकीय सुगमता, भौगोलिक केन्द्र, ऐतिहासिक महत्व र सुरक्षाको व्यवस्थालाई मापदण्ड तोकेको थियो।

प्रदेश नम्बर १ मा धनकुटा र इटहरी विकल्पमा थियो। प्रदेश नम्बर ३ मा केन्द्रको राजधानी काठमाडौँ बाहेक बनेपा, धुलिखेल विकल्पमा थियो।

प्रदेश नम्बर ५ मा तुल्सीपुर, दाङ र बुटवल विकल्पमा थियो भने प्रदेश नम्बर ७ मा धनगढी र दिपायल विकल्पमा थियो।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D