gulminews logo
बिहीबार, २०८१ बैशाख १३

४ वर्षीय नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पुरुष पक्राउ

अनिल खत्री
३० साउन, गुल्मी । गुल्मीमा ४ बर्षीय नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका वडानम्वर– ७ भुर्तुङ निवासी ३६ बर्षीय पुरुषले नाबालिकालाई जबरजस्ती करणी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषेत्तमप्रसाद पाण्डेले बताए ।

आरोपित पुरुषलाई शुक्रवार बेलुकी पक्राउ गरि जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइएको पाण्डेले बताए । आरोपित पुरुषले साउन २८ गते जवरजस्ती करणी गरेकोे भन्ने भुर्तुङमा प्रहरी चौकीमा उजूरी आएको आधारमा पक्राउ गरेको हो ।

प्रहरीले पिडित नाबालिका र आरोपित पुरुषको नाम गोप्य राखेको छ । आरोपित पुरुष र बलात्कारमा परेकी नाबालिकालाई मेडिकल गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D