gulminews logo
बिहीबार, २०८१ बैशाख १३

४५ वटा अक्सिजन सिलिण्डर गुल्मी पठाएका नेता बिष्टले गरे थप १० लाख बराबरको सहयोग प्रतिबद्दता

गुल्मी, २ जेठ । नेपाल पत्रकार महासंघ गुल्मीले थालेको अक्सिजन प्लान्ट स्थापना गर्ने अभियानमा पुर्वमन्त्री तथा नेता गोकर्ण बिष्टले १० लाख रुपैँया बराबरको सहयोग उपलब्ध गराउने भएका छन् ।

आईतवार आफ्नो आधिकारिक फेसबुक पेज मार्फत बिष्टले सो जानकारी दिएका हुन् । देशै भर अक्सिजनको चरम अभाब भईरहेको बेलामा गुल्मी पनि यसबाट अछुतो छैन । यसअघि नै गुल्मी जिल्ला अस्पतालको लागि ४५ थान अक्सिजन पठाईसकेका बिष्टले अक्सिजन प्लान्ट स्थापनाको लागि १० लाख रुपैँया बराबरको सहयोग जुटाइदिने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

“पत्रकार महासंघ गुल्मीले गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न चालेको अभियान स्वागत योग्य छ । महासंघको यो अभियानका लागि रु.१०,००,००० (अक्षरुपि दश लाख रुपैयाँ) बराबरको सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्दछु ।”, उनले लेखेका छन्, “यो अभियानलाई साथ दिएर कोरोना विरुद्धको लडाईमा ऐक्यबद्धता जनाउनुहुन सबैमा अनुरोध गर्दछु ।”

त्यस्तै नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीले पनि संसार भर रहेका नेपालीलाई नेपाल पत्रकार महासंघको यो अभियानमा जोडिन आव्हान गरेका छन् ।सामाजिक सन्जाल फेसबुक मार्फत नेता भण्डारीले महासंघको खाता नं सार्वजनिक गर्दै सबैलाई सहयोग गर्न भनेका छन् । उनले नगद एक लाख रकम संकलन गरिसकेको पनि जानकारी दिएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D