gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

३६ मिटर उचाइमा झोलुङ्गे पुल, सहज बन्दै स्थानीयको दैनिकी

हुमाकान्त पोखरेल
गुल्मी, ३१ असार । धुर्कोट गाउँपालिका ५ वस्तुस्थित रानाचौर र ठाकुरडाडाँ जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । २०७६ पुस महिनाबाट सुरु भएको पुल निर्माणको काम ०७७ जेठ २८ गते सम्पन्न भयो । पुलको सोमबार धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले उद्घाटन गरे । पुल निर्माण भएसँगै धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक र ५ वस्तुका नागरिकलाई आवत–जावतमा सहजता आएको छ । विद्यार्थीहरुलाई विद्यालय जान तथा स्थानीय नागरिकहरुलाई घाँस–दाउरादेखि अन्य दैनिक कार्यमा समेत पुलले सहजता ल्याएको छ ।

धुर्कोट गाउँपालिका ५ वस्तु टुनिचौरकी सन्तोषी पाण्डे अहिले हिमालय माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्छिन् । उनी विद्यालय जाने बाटोमा खोला र केहि जङ्गल छ । गत बर्षसम्म विद्यालय जाँदा उनलाई खोला र जङ्गलमा डर लाग्थ्यो । घरबाट पनि अलि छिट्टै तयारी गरेर हिड्नुपथ्र्यो । जसले गर्दा अध्ययनको लागि पर्याप्त समय थिएन । तर अहिले उनको घर नजिकैबाट झोलुङ्गे पुल निर्माण भएको छ । जसले गर्दा उनलाई अध्ययन गर्ने समय मिलेको छ भने खोला र जङ्गलको डर पनि हराएको छ । ‘ट्युसन जाँदा धेरै अबेर हुन्थ्यो, समयमा विद्यालय पुग्न पाइएको थिएन ।’ उनले भनिन्, ‘पुल निर्माण भएसँगै झण्डै ४५ मिनेट यात्रा छोटो भएको छ ।’

अर्की स्थानीय उसा पोखरेलले पुल बनेसँगै घाँस दाउरा गर्न र विभिन्न कामले वस्तु बजारसम्म पुग्न सहज भएको बताइन् । ‘बजारबाट घरायसि सामान ल्याउन र घासँ–दाउराको काममा समेत पुलले सहजता ल्याएको छ ।’ पोखरेलले भनिन्, ‘पुल नबन्दै बाटोमा हिड्दा डर लाग्थ्यो भने अहिले पुलमा हिड्दा रमाइलो लाग्छ ।’ त्यसका साथै उनले पहिले–पहिले बालबच्चाहरु विद्यालय पठाउदा खोला र जङ्गली जनावरहरुको डर हुनेभएपनि अहिले त्यो सबै हराएको बताइन् ।

स्थानीय लोकहरी भण्डारीले रानाचौर र ठाकुरडाडाँ जोड्ने पुलले दुई गाउँबीचको समबन्ध अझ सुमधुर भएको बताए । विद्यार्थीहरु विद्यालय जान–आउन तथा अन्य नागरिकहरुले घाँस दाउरा देखि अन्य दैनिक काममा पुलले सहजता ल्याएको प्रतिक्रिया दिए । बालकल्याण प्राथमिक विद्यालयकी प्रध्यानाध्यापक बिमला भण्डारीले पनि पुल निर्माण भएसँगै विद्यार्थीहरुलाई अध्ययनमा थप मिलेको बताइन् ।

पुल निर्माण भएपछि जैसिथोक र वस्तुका कुल २११ घरधुरी का एक हजार २६६ जना प्रत्यक्ष लाभाम्बित भएका छन् । जसमध्ये ६४७ महिला, ४८० दलित र ९६ जना जनजाति रहेको चिल्दीखोला पुल निर्माण उपभोक्ता समितिका सचिव ऋषिराम पाण्डेले जानकारी दिए । झोलुङ्गे पुल कुल ३७ लाख ५५ हजार ८१५ रुपैँया ८६ पैसाको लागतमा पुल निर्माण भएको छ । जसमा सङ्घीय सरकारको शसर्त अनुदान ३४ लाख ३७ हजार ६७५ रुपैँया ६४ पैसा, धुर्कोट गाउँपालिकाको २ लाख ३९ हजार ७६५ रुपैँया ६४ पैसा र समुदायको श्रमदान ७८ हजार ३७५ रहेको छ । पुलको १०२ मिटर लम्बाई, १०६ सेन्टिमिटर चौडाई तथा ३६ मिटर उचाई रहेको सेवक नेपाल प्रदेश ५, नेपालगञ्जका प्राविधिक दयन्द्र राईले जानकारी दिए । हेल्वटास टिबीएस्यु/सेवक नेपालको प्रदेशस्तरिय प्राविधिक सहयोग, गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग, सिर्जनशिल सामुदायिक विकास केन्द्रको जिल्लास्तरिय प्राविधिक तथा सामुदायिक सहयोग र समुदाय तथा उपभोक्ताको निर्माण व्यवस्थापनको सहयोगमा झेलुङ्गे पुल निर्माण गरिएको राइले बताए । राइका अनुसार पुलको नियमित मर्मत र बृहत मर्मत खर्च गाउँपालिकाले व्यहोर्नुपर्नेछ ।

पर्यटकीय स्थलको रुपमा विकास गरिने

पुलको उचाई धेरै भएकोले यसलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना गाउँपालिकाको छ । पुलको तलपट्टिको खोलामा ड्याम बाधिँ विभिन्न साहसिक खेल खेल्ने ठाउँको रुपमा विकास गरी पर्यटक भित्राउने र त्यसैबाट रोजगारी समेत सिर्जना गर्ने योजना गाउँपालिकाले राखेको छ । जसको लागि गाउँपालिकाले लागत अनुमानसहितको इस्टिमेट गर्ने तथा प्रदेश सरकारले आवश्यक पूर्वाधार निर्माण गरिदिने गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बताए । सिर्जनशिल सामुदायिक विकास केन्द्रका प्रतिनिधि नरेश भण्डारीले पनि पुल बनेको स्थानलाई पर्यटकिय स्थलको रुपमा विकास गर्न सके स्थानीयलाई यात्रा मात्रै नभएर अर्थोपार्जनमा समेत सहयोग पुग्ने बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D