gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

३५ वर्षिय अपाङ काफ्लेलाई गाडीमै नागरिकता

टोपलाल अर्याल
गुल्मी, १९ साउन । गुल्मीको मुसिकोट नगरपालिका ७ का ३५ वर्षिय राजन काफ्लेलाई गाडीमै नागरिकता प्रदान गरिएको छ । उनलाई प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले गाडीमै पुगेर नागरिकता प्रदान गरेका हुन् । काफ्ले जन्मजात पूर्ण अपाङ छन् । उनले अरुको शाहाराबिना केहि गर्न सक्ने उपाय छैनन् । शारिरीक तथा मानसिक समस्याको कारण लामो समयसम्म नागरिकताबाट बञ्चित भए । भारतमै जन्मिए त्योसंगै पूर्ण अपाङ पनि भए । जसका कारण समयमै नागरिकता बनाउन नसकिएको बुबा पिताम्बर काफ्लेले बताए । ‘कहिलेकाँही नेपाल आउँदा एक जनाले भारतमा छोरा कुर्नुपर्ने स्थिती थियो ।

पूर्ण अपाङ भएका कहिँकतै लैजान सहज छैन,’उनले भने,‘अहिले जागिर सकिएर नेपाल फर्किएकाले नागरिकता बनाउन आएका हौ ।’ काफ्ले आफु ४३ बर्षदेखि भारतमा काम गर्दै आएका थिए । सिडिओले नझरिकनै गाडीमा पुगेर एक्कैछिनमा नागरिकता दिएपछि काफ्ले परिवार निकै खुसी भए । राजन नागरिकता नभएका कारण सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भए ।

अपाङ परिचय पत्र पनि छैन् । अब नागरिकतापछि अरु काजगपत्र बनाउने योजना बनाएको बुबा पिताम्बर काफ्लेले बताए । जिल्ला प्रशासन कार्यालयमा नागरिकता, राहादानी र अन्य सिफारिस लिनेहरुको दैनिक सयौ संख्यामा भिड छ । तर, प्रमुख जिल्ला अधिकारी पौडेल आफै फाँटहरुमा झरेर प्रक्रियामा सहजीकरण गर्दै गाडीमै आएर नागरिकता प्रदान गरेको बिषयले निकै खुसी लागेको मालिका गाउँपालिका २ का दिपेश केसीले बताए । उनी पनि छोराका राहादानीको लागि बिहिबार बिहानैबाट प्रशासन आएका छन् । ‘म बिहानदेखि मेरो कामको प्रतिक्षामा छु । तर, अपाङले प्राथमिकता पाउँदा निकै खुप् िलाग्यो,‘उनले भने,‘अझै सिडिओकै सहजीकरण गज्जब लाग्यो ।’ प्रमुख जिल्ला अधिकारी पौडेलले अपाङ नागरिक प्रशासनबाट मात्रै नभएर हरेक तहबाट प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।

उनले बिगतमा पनि शारिरीक अवस्थाका बारण नागरिकता बिहिन भएकाहरुलाई बिस्तारामै पुगेर नागरिकता प्रदान गरेको स्मरण गर्दै उनीहरुलाई राज्यको सेवा र सुविधाको पहुँचमा ल्याउनुनै सवैभन्दा ठुलो सेवा र धमै भएको प्रतिक्रिया दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D