gulminews logo
बुधबार, २०८१ बैशाख १२

३४५ विद्यार्थी र तीन विद्यालयलाई शैक्षिक सामग्री

हुमाकान्त पोखरेल
गुल्मी, ०९ कात्तिक । गुल्मीको मदाने गाउँपालिकामा ३४५ विद्यार्थी र तीन विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । मदाने युवा क्लवको आयोजना तथा सूर्य नेपाल प्रा.लि.को आर्थिक सहयोगमा गाउँपालिकाको वडा नम्बर २ बाँझकटेरीमा रहेका तीनओटा विद्यालय र सोही विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सामग्री प्रदान गरिएको हो ।

सोमबार एक कार्यक्रमका बीच पञ्चमीपोखरी प्राथमिक विद्यालयका १८०, टोप्रे प्राथमिक विद्यालयका एक सय र बाझकटेरी प्राथमिक विद्यालयका ६५ गरी कुल ३४५ विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको क्लवका सदस्य तारा बहादुर घर्ती मगरले जानकारी दिए । उनीहरुलाई एक÷एक वटा झोला, एक÷एक दर्जन कापि, एक÷एक दर्जन पेन्सिल तथा कलम प्रदान गरिएको मगरले जानकारी दिए । पञ्चमीपोखरी प्राविका लागि बल, क्यारामबोर्ड, वाइर्ट बोर्ड दुई÷दुई थान तथा नेट, दराज र ल्यापटप एक÷एक थान प्रदान गरिएको छ । भने सोफा, खेलौना, चार्ट लगायतका सामग्री पनि प्रदान गरिएको छ ।

टोप्र्रे प्राविका लागि खेलौना, बल, जाली, ह्वाइट बोर्ड, चार्ड एवम् बाझकटेरी प्राविको लागि बल र जाली, खेलौना, चार्ट लगायतका सामग्री प्रदान गरिएको क्लवका सचिव विक्रम घर्ती मगरले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर केसीले शैक्षिक सामग्री ल्याउनमा समन्वय गर्ने क्लवलाई धन्यवाद् दिए । पालिकाभित्र देखिएका शैक्षिक क्षेत्रका विकृति अन्त्यको लागि आफुहरु लागिपरेको भन्दै यसमा साथ दिन सबैलाई आग्रह गरे । पहिलेभन्दा अहिले शैक्षिक स्तर धेरै सुधार भएपनि धेरै सन्तुष्ट हुने ठाउँ नरहेको उनले बताए ।

गाउँपालिका उपाध्यक्ष सरिता खड्काले सरकारी सेवामा मदानेका धेरैजना प्रवेश गर्नुले मदानेका विद्यालयले दिने शिक्षाको गुणस्तरबारे जानकारी हुने बताइन् । विद्यार्थीहरु भविष्यका कर्णधार मात्र नभएर वर्तमानका साक्षि पनि भएकोले उनीहरुको शैक्षिक भविष्य निर्माणमा पालिकाले सहयोग गर्ने उनले भनाई छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D