gulminews logo
आईतवार, २०८१ बैशाख १६

२७ वर्षको उमेरमा छैठौं विवाहः ६६ वर्षका बृद्ध संग

प्रेम सुनार

बुटवल, असार–३० । गुल्मीको धुर्कोट गाउँपालिका–७ , वाग्ला दुवानेटाका वासीन्दालाई अनौठो लाग्दो विवाह सम्वन्धको चर्चा गर्दै छौ हामी । एक छोरी, तिन जिल्लाकी बुहारी ? यो कुनै नौलो कुरा न होला । तर २७ वर्षको उमेरमा छैठौ विवाह , त्यो पनि ६६ वर्षको बृद्ध संग ? यो चाँही अलिकति नौलो लाग्यो र सत्य तथ्य खोज्न पुगियो त्यस गाउँमा । ति महिला भिडियोमा बोल्न चाहिनन । तर उनका ६६ वर्षिय नव जोडी ढालबहादुर घिमिरे भने खुलेर बोल्न चाहे ।

ढालबहादुर घिमिरे

लौरो टेक्दै धुर्कोट गाउँपालिकाको तेश्रो चौैमासिकको सार्वजानिक सुनुवाई कार्यक्रममा आएका उनले भने–‘ मेरो श्रीमति मृत्यु भएको ६ वर्ष देखि एक्लै खान पकाएर खाँदा असाध्धै दुख पाएको थिएँ । त्यो भर्खरकी उमेरकी केटीले मलाई पत्याउँली भनेर लागेकै थिएन ।

एक दिन एउटी महिला संग त्यसको बारेमा सोधपुछ गरें । विस्तारै उ संग नजिक भएँ । उसले मनपेट खोली , हाम्रो मन मिल्यो र ब्या (विवाह ) गरेका हौं । ३ छोरी ५ छोरा सहित ८ सन्तानको बाबु हुँ म । खानदान पनि कम होईन । जिज्यु बाजेको शेखा पछि जिम्वाल चलाएको मान्छे हुँ । तर त्यो सम्पत्ति र त्यतिका छोरा छोरी हुँदा पनि एक्लो र निरासीलो भईँ्दो रहेछ ।

बुढेशकालमा स्याहर सुसार गर्लि भनेर विवाह गरेको हुँ । नभन्दै राम्रो स्यहार सुसार र माया प्रेम दिएकी छन् । एउटा गितको बोल–‘ जुनको र ताराको , बल्लै भेट भयो दुवै कर्म हाराको…’ कथा सुनाउँदै उनले भने–‘ उनि गुल्मी कै चार ठाउँमा विवाह गरिन ।

गोरखामा पनि विवाह गरेर गईन । त्यस पछि प्युठानका एक जनाले विवाह गरेर लगेको ५ दिन मै माईती घर ल्याएर छोड्यो । अन्यत्रै ५ सहित म उनको छैठौं श्रीमान हुँ । उनका दुई छोराहरु छन ।

मेरा ३ छोरी र ५ छोराहरुले पनि एक्लै पारेका थिए । कर्मले म पनि एक्लै उनि पनि एक्लै परेपछि हामीलाई संजोगले जुटाएको हो ।’

छिमेकीहरुले नवजात शिशुको छैठी गर्ने कहिले हो ? भनेर जिस्काउँछन नि ? भन्ने प्रश्नमा उनले भने –‘ खै हेरम , त्यो भने यसै भन्न सकिन्न । उनले भन्छिन–‘मेरा पनि दुई छोराहरु छन । तपाईका पनि पाँच वटा छोराहरु छन । अब किन चाहियो र अरु सन्तान ? सन्तान भएर पो के हुँदो रहेछ र ?’

उनले थपे–‘ अरु हाम्रो मेललिाप राम्रै चलेको छ । मैले बृद्ध भत्ता चाँडै खान्थे होला तर नागरिकतामा मेरो उमेर घटाई दिएका छन तर म ६६ वर्षको भएँ । उनि संगै आएका एक जना बृद्धले भने–‘ उ मेरो एक महिना कान्छो भाई हो । हाम्रो उमेर ६६ वर्षको भयो । उ अहिले विवाह गरेर सुखी भएकोले हामी खुशी छौं, श्रीमतिको खाँचो बुढेशकालमा हुँदो रहेछ ।’

धुर्कोट गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष हिमप्रसाद पन्थीले दुवैको घरवार बिग्रेको र अहिले भर्खरै दुवैले विवाह गरेर मेलजोल भएको प्रति सन्तोष ब्यक्त गरे ।

उता गुल्मी कै मालिका गाउँपालिका वडा नम्वर १ , नेटा गाउँमा पनि बृद्ध भत्ता खाने उमेरका एक जना पुरुष संग १३ वर्षिया वालिकाले विवाह गरेर सुखी दाम्पत्य जिवन विताएकी छन ।

मुसिकोट नगरपालिकामा पनि १३ वर्षिया वालिकाले अभिभावकले नमाने पछि आफै केटा बोलाएर भागी विवाह गरको , आफुहरुलाई छुटाउने प्रयास नगर्न चुनौती दिएकी छन । यसरी बाह्र तेह्र वर्षकै उमेरमा बैशालु चाल हुन्छ । मनले चाहन्छ त कानुनले बाल हुन्छ ? यो राज्यलाई चुनौती हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D