२१७ जना विद्यार्थीलाई नि:शुल्क स्कुल ब्याग बितरण

विवश विष्ट
गुल्मी, १० असार । जिल्लाको एक विद्यालयमा नि:शुल्क स्कुल ब्याग वितरण गरिएको छ । जिल्लाको मदाने गाउँपालिका १ अग्लुङ्गमा अवस्थित श्री ओख्लेदह आधारभुत विद्यालयमा स्कुल ब्याग नि:शुल्क रुपमा वितरण गरिएको हो । विद्यालयका २१७ जना विद्यार्थीले नि: शुल्क विद्यालय पाएका छन् । यो सँगै विद्यार्थी सँगै अभिभावक खुसि भएका छन ।

नेपाल हेल्प नामक संस्थाले सहयोग प्रदान गरेपश्चात सोमबार विद्यालयमा विद्यार्थीहरुलाई ब्याग वितरण गरिएको हो । नेपाल हेल्प नामक संस्थाका प्रतिनिधि तथा मधाने सामुदायिक स्वास्थ्य केन्द्रका इन्चार्ज यमलाल भुषाल, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बिष्ट, वडा सदस्य भगत चन्द, लगायतका व्यक्तिहरुको उपस्थितमा विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको छ ।

श्री ओख्लेदह आधारभुत विद्यालयलाई यस संस्थाले यस अघि पनि थुप्रै सामाग्री सँगै सहयोग प्रदान गरिसकेको छ । विद्यालय रंगरोगन देखि लिएर यसै संस्थाले प्रदान गरेको कपि पेन्सिल लगायतका स्टेसनरी सामाग्री सहयोग गरेपश्चात यहाँका विद्यार्थीहरुले नि:शुल्क कपि, पेन्सिल लगायतका स्टेसनरी सामाग्री पाउदै आएका छन । यो सहयोग प्रति नेपाल हेल्प नामक संस्थालाई हार्दिक धन्यवाद ज्ञापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र विष्टले यस विद्यालयलाई मदानेको मात्र नभई जिल्ला कै उत्कृष्ट बनाउने गरि अघि बढेको बताउनु भएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D