gulminews logo
मंगलवार, २०८० चैत्र ६

१ हप्ता देखी अवरुद्द रिडि-रुद्राबेणी सडक अझै खुलेन, यात्रुलाई सास्ती

मौसम अर्याल
गुल्मी (मजुवा), असौज १७ । केही दिनको लगातार बर्षाका कारण अबरुद्द भएको गुल्मीको रिडि-रुद्राबेणी सडक खण्ड अझै खुल्न सकेको छैन । एक हप्ता पहिले रुरु क्षेत्र गाउँपालिकाको बिष्णु पञ्जरमा गएको भिषण पहिरोका कारण सडक खण्ड पूर्ण रुपमा अबरुद्ध भएको थियो ।

अवरुद्द सडक १ हप्ता बितिसक्दा पनि खुल्न नसक्दा कालिगण्डकी करिडोर भएर चल्ने स्वारीसाधनका यात्रुहरुले सास्ती खेप्न वाध्य भएका छन् । गुल्मीको वामीटक्सार, शान्तिपुर त्यस्तै गरी छिमेकी जिल्ला बाग्लुङका बिभिन्न ठाँउबाट बुटवल, काठमाडौं सहित बिभिन्न ठाउँमा जाने/आउने सवारीलाई समेत असहजता भएको छ । पहिरो निकै ठुलो भएको र सफा गर्ने कोसिस गरिरँहदा माथीबाट सुख्खा पहिरो खस्ने क्रम नरोकिएकोले बाटो खुलाउन नसकिएको रुरु गाउँपालिकाका सुचना अधिकृत ईश्वरी न्यौपानेले जनाए । “पहिरो एकदमै ठुलो छ”, न्यौपानेले गुल्मीन्युज डट कमलाई भने,”बिच बिचमा सुख्खा पहिरो गईरहेकाले पनि बाटो खुलाउन सकेका छैनौँ ।”

सडक कहिले देखी सन्चालन हुन्छ भन्नेमा अहिले नै यसै भन्न नसकिने पनि गाउँपालिकाका सुचना अधिकृत ईश्वरी न्यौपानेले बताए । एक हप्ता देखी बाटो बन्द हुँदा सवारीहरु सेतिबेणी-जिरो, मजुवा-गौँडाकोट, इन्द्रेगौडा-तम्घास तथा तालखोला लगाएतका बैकल्पिक सडक प्रयोग गर्न बाध्य भएका छन् । बैकल्पिक बाटोहरु अप्ठ्यारो र धेरै लामो भएको हुँदा यात्रुहरु महङ्गो भाडा तिर्न बाध्य भएको मजुवा स्थित ब्यवसायी सागर श्रेष्ठले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D