gulminews logo
शनिबार, २०८१ बैशाख ८

१४ बर्षिय बालक २० दिनदेखि वेपत्ता, खोजि गरिदिन परिवारजनको अपिल

विवश विष्ट
बुटवल, पुष २९ । बाग्लुङ नगरपालिका बाट १४ बर्षिय बालक बीस दिनदेखि बेपत्ता भएका छन् ।

यहि पुस ०९ गते बिहान साढे ११ बजे घरबाट निस्किएका १४ बर्षीय रोशन भनिने दिपक बिक सम्पर्क बिहिन भएको उनकी आमा दुर्गा विकले जानकारी दिइन् ।

उनले भनिन्,”पुस ९ गते बिहान खाना खाएर निस्केको छोरो अहिले सम्म भेटाउन सकेका छैनौं, सम्पर्कमै आएको छैन, नातागोता इष्टमित्र सबैसँग जानकारी गराएर पनि अझै सम्पर्कमा नआएको हुदा हामी चिन्तामा छौँ ।”

२० दिन देखि हराएको छोरो पत्ता लगाउन विभिन्न ठाउँ गयौं, सबैसँग गुहार्यौं तर भेटिएको छैन । पत्ता लाग्छ कि भनेर जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गमा निवेदन दिएका छौ तर अझै सम्म भेटाउन नसक्दा असाध्यै चिन्तामा रहेको परिवार पक्षले बताएको छ ।

गँहुगोरो वर्ण भएको, आकाशे रङ्गको हुट ज्याकेट र जिन्स पाइन्ट लगाएको, चप्पल लगाएर घरबाट निस्किएको १४ बर्षिय बालकको कपाल लामो रहेको उनले बताइन ।

उनको खोजी गरिदिन र फेला पारेमा नजिकको प्रहरी चौकीमा खबर गरिदिन परिवारजनले अपिल गरेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D