gulminews logo
बुधबार, २०८१ बैशाख १२

११ करोडको सडक निर्माणमा गुणस्तरहीन साम्रागीको प्रयोग, निर्माण सामाग्रीमा कमेरो मिसाएको पाईयो

तिलाचन पाण्डे
गुल्मी, फागुन ३० । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट देखी फोक्सीङ सम्म जोड्ने सडक निर्माणमा गुणस्तरहिन साम्रगी प्रयोगमा आएको खुलेको छ ।
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख सहितको टोलीले अनुगमना क्रममा गुणस्तरहिन साम्रगीको प्रयोग भएको पाईएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले बताए ।

पराजुलीका अनुसार सडक निर्माणमा कमेरो माटो मिसिएको मापदण्ड भन्दा फरकको गिटी र गुणस्तरहीन साम्रगीहरु प्रयोग भएको, निर्माण भएको नाली पनि गुणस्तरिय भएको नपाईएको भन्दै निर्माणमा लापरवाही भएको बताए ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण आयोजना कार्यन्वय इकाई गुल्मीबाट रु १० करोड ८३ लाखमा १२.५ किलोमिटर सडक निर्माण गर्ने गरी सिहं एण्ड बर्दश र तुल्सीभक्त्त पीआर जेभी बालकुमारी ललितपुरसंग २०७५ बैशाख २८ गते ठेक्का सम्झौता भई २०७६ साउन २८ गते सम्पन्न गर्ने गरी सम्झौता भएको कार्यलयले जनाएको छ ।

कार्यलयका इन्जीनियर पारस पन्थीका अनुसार निर्माणमा गुणस्तरहिन साम्रगी प्रयोग गर्न नहुने भन्दै त्यसको बारेमा अनुसन्धान र फिल्डमा प्रयोग भएको साम्रगी हेरी आबश्यक कारवाही गर्ने आश्वासन दिए । निर्माण लापरबाही गर्ने र गुणस्तरहिन साम्रगीको प्रयोग गर्ने कसैलाई अधिकार नभएको भन्दै निर्माण कार्य रोक्न समेत सकिने उनले बताए ।

यता सो निर्माणको जिम्मा पाएका आधिकारीक ब्याक्ती गगन के.सीले भने निर्माणमा गुणस्तरहिन कार्य गर्ने हाम्रो नियत नभएको भन्दै यदि कहिँ कतै गल्ती भएको पाईएमा सुधार गर्दै लैजाने बताए । के.सीले निर्माण भएको सडकमा स्थानीयहरुलाई पनि निगरानी राख्न आग्रह समेत गरेका छन् । यदि यसरी गुनासो आईराखेको सन्दर्भमा आफूलाई पनि दुःख लागेको भन्दै आगामी दिनहरुमा यस्ता गल्तीहरु नगर्ने प्रतिबद्धता पनि ब्याक्त गरे ।

यता कालिगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले पालिका भित्र निर्माण हुने कार्यहरुमा गुणस्तरहीन कार्य गर्ने अधिकार कसैलाई नभएको भन्दै सत्य तथ्य बुझी आबश्यक कारबाही गर्ने दाबी गरिन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D