gulminews logo
सोमबार, २०८१ बैशाख २४

१० बर्ष देखि एउटै परिवार माथी ज्यादती, प्रहरी र वडाध्यक्षका सामु समेत कुटियो

प्रेम सुनार

गुल्मी, साउन–१८ । गुल्मीको सिमटलाटरीमा एक परिवारले अर्को परिवार माथी गत दश बर्ष देखि मानसिक र शाररिक यातना दिदै अनेक ज्यादती गर्दै आएको छ । २०६२ साल देखि हाल सम्म त्यहाँको एक पौड्याल परिवारले अर्याल परिवार माथी अचाक्ली गर्दै आएको पीडित अर्याल परिवारले गुनासो गरेका हुन ।

पछिल्लो चरण साउन १२ गते सिमलटरी प्रहरी चौकीका हवल्दार घर मै लिन गई मालिका गाउँपालिका वडा नम्वर ८ सिमलटारीका ढुण्डिराज अर्याल, उनकी श्रीमति र छोरालाई वडा कार्यालयमा पुराएका थिए ।

वडा कार्यालयमा उनीहरु पुगेको केहि बेर मै वडाध्यक्ष टिकाबहादुर जिसी र तीनै प्रहरी हवल्दारका सामु अर्याल परिवारका तीनै जना माथी दधिराम पौड्याल, डिल्लीराज पौड्याल सहित ६ जनाको समुहले कुटपिट गरेका थिए ।

त्यस विरुद्ध पीडित परिवारले सिमलटारी प्रहरी चौकीमा उजुरी दिए पछि त्यहाँको प्रहरीले कुट्ने समुह कै पक्ष लिए पछि पीडित परिवार जिल्ला प्रशासन कार्यालय गुल्मीमा आई पुगेको हो । उनीहरु त्यहाँ मिल्न नसके पछि कुटपिट गर्ने ६ जनालाई हिजो देखि प्रहरी हिरासतमा राखी छलफल भई रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले जानकारी दिए ।

गत १० बर्ष देखि अचाक्ली गरिएको छ

साउन १२ गतेका दिन प्रहरी र वडाध्यक्ष कै सामु कुटाई खाँदा पनि सिमलटारीको प्रहरीले न्याय नदिनुको कारण उनीहरुको शोर्ष फोर्श हो, वडाध्यक्ष टिकाबहादुर जिसी पनि पौड्याल परिवारलाई मलजल गर्दै आएका छन–काठमाण्र्डौमा कानुन ब्यवसायी रहेकी अर्यालकी छोरी शारदा अर्यालले भनिन– ‘हामी हाम्रो पुर्खेयौली घर माथी मरभुङ्गबाट २०६२ सालमा तल सिमलटारी बसाई सराई गरे देखि डिल्लीराज पौड्याल र दधिराम पौड्यालको अगुवाईमा अचाक्ली गर्दै आई रहेका छन ।’

उनी थप्छिन–‘मेरा बुवा खड्ग निमावि मरभुङ्ग मैदानको शिक्षक हुनुहुन्छ, त्यस दिन बुवा स्कुल जाने बेला भयो, पछि जाँदा हुन्न भनेर भन्दा एक जना प्रहरी हवल्दारले आजै जाउँ बैठक छ वडा कार्यालयमा भनेर कर गरेर लगेर गए ।’

पुर्व योजना बुने जस्तै गरि छोरा मान्छेलाई छोरा मान्छेले र महिलालाई महिलाहरुले हात हाल्ने काम गरियो, मेरी आमालाई महिलाहरुले, बुवालाई छोरा मान्छेहरुले र छुट्याउन गएको मेरो भाई श्रीकृष्ण अर्याललाई पनि निर्घात कुटपिट भयो तर सिमलटारी प्रहरी र वडाध्यक्ष रोल खेल्दै आएर उनीहरुलाई उन्मुक्ति दिलाउने प्रयासमा जुटिरहेका छन । ’

‘घरबाट रुदै फोन आएपछि मैले सिडियो सावलाई पनि फोन गरेर आफुहरु माथी त्यो परिवारबाट भएको ज्यायदती सुनाएँ – त्यहाँ हाम्रो एक परिवार मात्रै छ भनेर धेरै संख्यमा रहेका ती पौड्याल परिवारले हामीले पिउने पानीको पँधेरोमा दिशा पिशाव समेत राखी दिने गरेका छन । कहिले हामीले पिउने पँधेरमा दादागिरी , कहिले हाम्रा एकै साथ आठ वटा तामा भाँचियो । तीन बर्ष अघि हाल अमेरिकामा रहेका मेरा भाई हरिप्रसाद अर्याललाई खेतमा कुलो लगाउने क्रममा कुटियो । अहिले हाम्रो घर बगाउने गरि माथीबाट भल बगाईएको छ’– अर्यालले भनिन ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी पौड्यालले त्यस पौड्याल परिवार बहुसख्यक रहेको भन्दैमा कम रहेका अर्याल परिवारलाई त्यसरी दवाउन नहुने धारणा राखे । ‘ बोल्ने कुरामा अर्याल परिवार पनि कम त रहेनछ तर कुटपिट गर्ने कुरामा पौड्याल परिवार कै गल्ती देखिएको छ । भरसक मिलाउने प्रयास गरिएको छ, नमिले कानुन अनुसार अगाडी बढाइने छ’ – प्रमुख जिल्ला अधिकारी पौड्यालले भने ।

अर्यालका हजुर बुवा जिल्ला कै विद्यवान पण्डित मध्ये एक थिए । मृत्यु भएका ब्यक्तिलाई समेत जथाभागी गाली गर्ने गरिएको अर्याल परिवारले पीडा ब्यक्त गरे । माथी मोटरबाटोबाट भल डोलाएर अर्यालको घर खेत तर्फ लगाई दिदा वडा कार्यालय र सिमलटारी प्रहरी चौकीले अन्याय देखेन । उसले नै सामाजिक न्याय नदिए पछि जिल्ला धाउनुको विकल्प नभएर सदरमुकाम आउनु परेको अर्यालको छोरा श्रीकृष्ण बताउँछन ।

यसरी वडा कार्यालय र सिमलटारी प्रहरी चौकीबाट न्याय नदिलाईनु र त्यहाँ कुनै एक पक्षले जे गर्छ त्यही चल्छ भन्ने मानसिकता र ब्यवहार समेत हावी हुँदै आएको छिमेकी बताउँछन । वडा अध्यक्ष टिकाबहादुर जिसीले भने त्यो कुरा झुट भएको ठोकुवा गरे । ‘अर्याल परिवारको मुख बढि छ, तर हात हाल्नु पौड्याल परिवारको गल्ती हो ।’

वडा कार्यालयमा प्रहरी एक जना मात्रै भएकोले ठुलो समुहलाई नियन्त्रणमा लिन नसकीदा हाम्रै सामु उनीहरु कुटिएका हुन , यसर्थ कुट्नेहरुलाई माफी मगाईएको छ,– वडाध्यक्ष जिसीले भने–‘औषधी उपचार खर्च भराउने गरि मेलमिलाप गराउने प्रयास भई रहेको छ । आगमी दिनमा कसैले कसैलाई दवाउने काम हुन दिने छैनौं । ’ हेरौ तस्वीर आफै बोल्छ पौड्याल परिवारको ज्यादती , खेत डुवानमा घर जोखिममा

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D