Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
१० दिनसम्म पनि आएन पिसिआर् रिपोर्ट - Gulminews

१० दिनसम्म पनि आएन पिसिआर् रिपोर्ट

हुमाकान्त पोखरेल
गुल्मी, ०१ असार । गुल्मीमा स्वाब संकलन गरेको १० दिनसम्म पनि रिपोर्ट नआउदाँ समस्या भएको छ । पछिल्लो समय भारतबाट आउने र कोरोना संक्रमण भएका लक्षणहरु समेत देखापरेपछि स्वास्थ्य कार्यालयले स्वाब संकलन गरेर पठाएको छ । तर १० दिनसम्म पनि रिपोर्ट नआउदाँ सक्रमण फैलिने डर बढेको छ ।

चन्द्रकोट गाउँपालिका २ का रामप्रसाद सापकोटा भारतको बम्बैबाट २४ दिनअघि अर्थात जेठ ०९ गते गाउँ आए । उनी अहिले गाउँपालिकाले बनाएको एक विद्यालयको क्वारेन्टिनमा बसेका छन् । सुरुमा क्वारेन्टिमा बस्दा १४ दिनपछि अर्थात २३ गते घर जाने कुरा थियो । तर अहिले २४ दिनसम्म पनि क्वारेन्टिन छोड्न पाएका छैनन् । गाउँपालिकामा सुरुमा आरडिटी गरी त्यसैको रिपोर्टअनुसार पिसिआर् स्वाब संकलन गरी कोरोना परीक्षणको लागि पठाउने गरिएको थियो । तर पछिल्लो समय धेरैको आर्डिटी रिपोर्ट पोजेटिभ आउन थालेपछि सबैको स्वाब संकलन गरी कोरोना परीक्षणको लागि पठाइएको थियो ।

त्यसैअनुसार सापकोटाको पनि जेठ २३ गते कोरोना संक्रमण भए÷नभएको पुष्टि गर्नको लागि स्वाब संकलन गरियो । तर अझैसम्म पनि रिपोर्ट नआउदाँ उनी निराश भएका छन् । ‘क्वारेन्टिनमा १४ दिन बस्ने र आरडिटी पोजेटिभ आए थप एक हप्ता बस्ने, नेगेटिभ आए घरमा जाने कुरा थियो ।’ उनले भने, ‘रिपोर्टको बाटो कुर्दाकुर्दै आज १० दिन कट्यो ।’ आफ्नो शरिरमा कोरोनासँग सम्बन्धित कुनै लक्षण नदेखिएपनि राज्यले बनाएको नियम आफुले पालना गर्ने बताए । सोहि दिन भारतबाट गाउँ आएका नवराज शर्माको पनि पिसिआर् रिपोर्ट अझै आएको छैन । १४ दिनपछि कोरोना परिक्षण गरेर घरमा जाने भनेपनि २४ दिन कट्दासमेत उनी घर जान पाएका छैनन् । ‘हाम्रो दुर्गम गाउँमा परिक्षण गर्ने मेसिन पनि छैनन्, यसले संक्रमण फैलिने डर बढ्दै गएको छ ।’ उनले भने, ‘भारतबाट गाउँ आउदा खुसि लागेपनि रिपोर्ट समयमा नआउदाँ नराम्रो लागेको छ ।’ त्यसका साथै उनले आफुले हरेक समय आफ्नो स्वाब परीक्षणको नजिता कुरेर समय कटाउने गरेको बताए ।

शर्मा र सापकोटा मात्र होइन्, अहिले जिल्लाका धेरै मानिसहरु आफ्नो स्वाबको नजिता कुरेर बसेका छन् । सुरु–सुरुमा स्वाब संकलन गरेर पठाएको तीन देखि चार दिनमा रिपोर्ट आउने गरेको थियो । तर पछिल्लो समय १० दिनसम्म पनि रिपोर्ट आउन सकेको छैन । ‘स्थानीय तहले परिक्षण गर्ने सामग्री खरिद गर्दा खर्चले धान्दैन, पठाउँदा धेरै दिन लाग्छ ।’ चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले भने, ‘रिपोर्ट आउन ढिलाई हुँदा क्वारेन्टिन व्यवस्थापनमा पनि चुनौति थपिदैँ गएको छ ।’ सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले पनि संकलन गरेर पठाएका स्वाबको रिपोर्ट नआउँदा स्वारेन्टिन व्यवस्थापन, खाना खाजा खर्च लगायतका कुराहरुमा चुनौति थपिदैँ गएको बताए । केहि दिन पहिले ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले जिल्लाका विभिन्न गाउँपालिकाले बनाएको क्वारेन्टिन अनुगमन गरेका थिए । त्यसबेला पनि अध्यक्ष ढकालले परीक्षणको दायरा बढाउन आग्रह गरेका थिए । ‘जिल्ला स्तरीय बैठक र मन्त्रीज्यूसँग पनि समस्याबारे छलफल भएको छ ।’ उनले भने, ‘परीक्षणको दायरा साघुँरो हुँदा समस्या थपिदैँ गएको छ ।

तीन सयको रिपोर्ट आउन बाँकी

गुल्मीको मदाने गाउँपालिका ६ का एक पुरुषमा जेठ ५ गते बुटबलमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि जिल्लामा पिसिआर् परीक्षणको लागि स्वाब संकलन गर्न सुरु गरिएको थियो । त्यसदेखि हालसम्म कुल छ सय ८५ जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको छ । जसमध्ये अझै तीन सय १९ जनाको रिपोर्ट नै आएको छैन । तीन सय ५२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भने १४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय, गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । आचार्यका अनुसार संकलन गरिएका स्वाब रुपन्देहीस्थिति प्रयोगशालामा पठाएपनि धेरै भिड भएका कारण रिपोर्ट आएको छैन । बाँकी रहेको स्वाबको रिपोर्ट आउने मितिबारे आफुहरु अनविज्ञ रहेको उनले बताए ।

गुल्मी मै पिसिआर् प्रयोगशाला परिक्षण हुने

जिल्लामा संकलन गरिएका स्वाबको रिपोर्ट आउन ढिलाई भएपछि गुल्मीमै पिसिआर् परीक्षण गर्न ल्याब स्थापना गरिने भएको छ । त्यसका साथै संक्रमण फैलिदै जाने अवस्थालाई मध्यनजर गर्दै कोरोना संक्रमितहरुलाई उपचार गर्नको लागि ५० बेडको आइसोलेशन हाउस पनि स्थापना गरिने भएको छ । जिल्ला स्तरिय विपद् व्यावस्थापन समितिले तीन वटै सरकार तथा निजी क्षेत्रहरुको सहयोग र समन्वयमा प्रयोगशाला र आइसोलेसन संचालन गर्ने निर्णय गरेको हो ।

ल्याब तथा आइसोलेसन संचालनको लागि एक हप्ता अगाडी गणेश श्रीपालीको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरिएको थियो । कार्यदलले जेठ २९ गते प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मालाई प्रतिवेदन बुझाएको थियो । कार्यदलको प्रस्ताव अनुसार नै महिला विकास कार्यालयमा ल्याब संचालन गर्ने र त्यसको सम्पूर्ण व्यावस्थापन गुल्मी अस्पतालले गर्ने निर्णय भएको श्रीपालीले जानकारी दिए । ल्याब संचालनको लागि पिसिआर मेसिनसहित आवश्यक उपकरण खरिद गर्न तत्काल कार्यविधी निर्माण गर्ने र सबैसँग सहयोगको लागि अनुरोध गर्ने निर्णय समितिको बैठकले गरेको छ । श्रीपालीका अनुसार खरिद प्रक्रियामा कुनै समस्या नआए असार तेस्रो हप्तासम्म ल्याब संचालन हुनेछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D