gulminews logo
मंगलवार, २०८१ बैशाख ११

‘ह्वाक्ने छहरा’ तम्घास नजिकैको सुन्दर झरना

अनिल खत्री
१३ असार, गुल्मी । अबिर वर्षासँगै गुल्मीको तम्घास नजिकै रहेको ह्वाक्ने छहरामा पानीको मात्रा बढेपछि सुन्दर दृश्य बनेको छ । यस वर्ष लगातारको पानीले मुलहरु फुटेसँगै असारको पहिलो साताबाटै छहराले स्वारुप परिर्वतन गरेको हो ।

अघिल्ला वर्षाहरुमा भदौ असोजमा मात्रै ठूलो पानी परे छहरा बग्न सुरु गर्दथ्यो । सदरमुकाम तम्घास नजिकै रेसुङ्गा नगरपालिकाको वडा नम्बर–१० मा पर्ने छहरामा पर्याप्त मात्रामा पानी नपर्दा सुख्खा थियो ।

०७२ सालमा गएको भुकम्प पछि सुकेका कुवा पधेराहरु पनि रसाउन थालेका छन् । पछिल्ला केहि वर्ष यता वर्खामा पनि औसद पानी नपर्नाले पनि मुलहरु सुक्दै जाने गरेका थिए ।

मुलहरु सुक्न थालेपछि तम्घासमै कतिपय स्थानमा खानेपानीको समस्या भएपछि बोरिङ्ग पानी समेत निकालिएको थियो । तर यस वर्ष धेरै जसो स्थानहरुमा असारमै मुलहरु बग्न थालेका छन् । अहिले हिउँदो सिजनमा पानी परिरहेका कारण छहरामा सुन्दर दृश्य बनेको छ ।

पानी परेसँगै छहराको दृश्य सुन्दर मनमोहक दृश्य बनेपनि त्यस स्थलमा पुग्नेहरु दैनिक जसो बढ्न थालेका छन् । रेसुङ्गा क्षेत्रबाट बग्ने छहरा लामो दुरीबाट बग्ने गरेकाले ह्वाक्ने छहराको नामले चिन्ने गरेका छन् ।

बिगतका वर्षहरुमा साउनमै छहराले ठूलो आकार लिइदा यस क्षेत्रबाट आन्तिरिक पर्यटकहरु फोटो खिचाउन र त्यसको अबलोकन गर्न पुग्ने गर्दथे । सदरमुकाम तम्घासबाट नजिकै तम्घास रिडी सडकमा पर्ने छहरा राजमार्गको नजिकै रहेकाले पनि धेरैको नजरमा पर्दछ ।

छहरामा पानी बढेपछि सुन्दर दृश्य बनेको छ । छहरामा फोटो खिचाउन तथा दृश्य हेर्न तम्घासबाट स्थानीय पुग्ने गरेका छन् । छहरामा पानी बग्न थालेपछि रामाइलो र सुन्दर दृश्य बनेको त्यहा पुग्नेहरु बताउछन् ।

अघिल्लो वर्षहरुमा समयमा धेरै पानी पर्दा यस छहरा ठूलो हुने गरेतापनि वर्षेनी पानी पर्नेक्रमा घट्दो क्रममा भएको हुँदा छहराको दृश्य लोप हुने अबस्थामा छ । वर्खा सिजनमा पनि औसद पानी नपर्दा छहराको दृश्य लोप हुने प्रति चिन्तीत रहेका जिल्ला वासी छहराले रुप फेरेपछि खुसी व्यक्त गरेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D