Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
होस्टलमा आकर्षित हुँदै सडक बालबालिका - Gulminews

होस्टलमा आकर्षित हुँदै सडक बालबालिका

टोपलाल अर्याल
गुल्मी, ३० भदौ । गुल्मीको सदरमुकाम तम्घासमा संरक्षण बाहिर रहेका बालबालिकाको अस्थायी व्यबस्थापन प्रभावकारी बन्दै गएको छ । दैनिक बालबालिका होस्टेल जान थालेका छन् । केहि आनीबानीमा पनि परिवर्तन भएको छ । परिवारले वास्था नगर्ने गरेका कारण १५-१७ जना बालबालिका एक साथ बजार डुल्ने, नयाँ मान्छेसंग पैसा र खाने कुरा माग्ने, सार्वजनिक संरचना तोडफोड गर्ने तथा गाडीहरुमा झुण्डिएर हैरान पुराउँदै आएका थिए । बालिबालिकाको उश्रृङखल क्रियाकलाप बढ्दै गएपछि व्यावस्थापनको दवाब बढेको थियो । उनीहरुलाई अहिले महेन्द्र माविको स्काउट भवनमा मिनि होस्टल संचालन गरेर व्यावस्थापन थालिएको छ ।

होस्टल विहान ६ वजे देखि साँझ ६ वजेसम्म संचालन हुन्छ । बालकालिका भनेकै समयमा होस्टल आइपुग्छन् । जहाँ बिहानको खाजा र खाना तथा दिउँसोमा खाजाको व्यावस्था होस्टलमा गरिएको शिक्षा विकास तथा समन्वय एकाई प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए । दिनभर होस्टलमा बालबालिकालाई टिभी मार्फत मनोरञ्जन र सकरात्मक खेल तथा सन्देशमुलक सामग्री हेर्ने व्यावस्था मिलाइएको छ । त्यो बाहेक व्यक्तिगत सरसफाइ गरेर मनोसामाजिक सहजीकरण गर्ने काम भएको शिक्षा विकास तथा समन्वय एकाई प्रमुख मरासिनीले बताए ।

सवै बालबालिका विपन्न दलित तथा जनजाति परिवारका छन् । बिहानै अभिभाव काममा हिडेपछि बालबालिका पनि बजार डुल्थे । अहिले मन लागेको खानेकुरा होस्टलमै खान पाएका छन् । सरसफाई, खानपिन र हेर्ने तथा पढ्ने कुरामा परिवर्तन भएका छन् । सोमबार बालबालिकाको अवस्था हेर्न पुगेका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बालबालिकामा आएको सकरात्मक परिवर्तनबाट खुसी भए । उनले स्वतन्त्र अवस्थामा लामो समय बिताएका बालबालिकाहरु एकैचोटी नभएर बिस्तारै अरु बालबालिकाको लयमै फर्कने आशा व्यक्त गर्दै सवै चुनौतिको सामना गर्न सर्वपक्षिय सहयोग आवश्यक रहेको बताए । ‘बालबालिका समुहमा बसेर लेखेको, बोलेका र सफा भएको देखेर म पनि प्रभावित भएँ । कसैले निकै राम्रो लेखेका पनि छन्,’उनले भने,‘यो परिवर्तनलाई स्थायीत्व दिन जरुरी छ ।’ होस्टलप्रति आकर्षित हुँदै केहि बालबालिकाले आफुहरु घर नजाने समेत माग गर्न थालेका छन् ।

सबै बच्चाहरुका लागि पोशाक, झोला, खेलकुद तथा स्टेसनरी सामग्रीहरु पनि वितरण गरिएको छ । रेसुंगा नगरपालिकाबाट सहजीकरणका लागि दुई जना शिक्षिका र एक जना आयाको व्यबस्था गरिएको छ । ६ महिनासम्म कार्यक्रम सञ्चालन गर्दा पढाइमा भन्दा चरित्र निर्माणमा जोड दिने लक्ष्य रहेको छ । सडकमा माग्दै हिडनु हुँदैन । नचिनेको मान्छेले दिएको कुरा खानु हुदैन । अनुसासित बनाएर बिस्तारै नजिकको विद्यालयको उपयुक्त कक्षामा भर्ना गरेर पठाउने मुख्य लक्ष्य रहेको जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्रीले बताए । करिब सात दिनको व्यबस्थापन पछि चार जना बालबालिकाहरु महेन्द्र मा.वि.मा नियमित विद्यालय जान थालेको पाइएको छ । उनीहरु भर्ना भएता पनि विद्यालयमा अनियमित थिए ।

कार्यक्रममा प्रत्यक्षरुपमा रेसुंगा नगरपालिका, धुर्कोट गाउपालिका, मदाने गाउपालिका, मालिका गाउँपालिका, ईश्मा गाउपालिका र शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीको करिब ११ लाख ७६ हजार रकम लगानी गर्ने निर्णय भएको छ । बालबालिकाहरुको स्थायी ठेगानाका आधारमा एक बच्चा बराबर ५० हजारका दरले रकम जम्मा गर्ने निर्णय भएको खत्रीले बताए । यसैगरी आफ्नो कार्यालयसँग सम्बन्धित सेवा दिएर जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल, जिल्ला खेलकुद विकास लगायतको सहयोग रहेको छ । उक्त कार्यम्रममा जिल्ला अस्पताल गुल्मीले नियमित स्वास्थ्य परीक्षण गर्ने सहमति भएको छ । यसरी नै जिल्ला प्रहरी कार्यालयबाट आवश्यक सुरक्षा व्यबस्था गर्ने निर्णय भएको छ । साथै जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास समन्वय इकाइबाट आवश्यक अनुगमन र समन्वय गर्ने निर्णय भएको महेन्द्र माविका प्रध्यानाध्यापक कृष्ण मरासिनीले जानकारी दिए ।

कार्यक्रमको अध्ययन गरी प्रतिवेदन पेश गर्नका लागि शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाइ प्रमुख लोकनाथ मरासिनीको संयोजकत्वमा ६ सदस्यीय अध्ययन कार्यदल बनेको थियो । कार्यदलले दिएको सुझाव उपर स्थानीय पालिकाका जनप्रतिनिधि, जिल्लाका उच्च पदस्थ पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि समेत रहेको बैठकमा छलफल पछि यो कार्यक्रम लागू गर्ने निर्णय रेसुंगा नगरपालिकामा मेयर खिलध्वज पन्थीले बताए । उनले जिल्लाको महत्वपूर्ण अभियान र कार्यक्रममा सवैको सहयोग र समन्वय आवश्य रहेको बताए । जिल्लाको सिद्धबाबा माविबाट आवश्यक स्टेशनरी, भलिबल, फुटवल वितरण गरिएको छ । यसै गरी शिक्षा विकास समन्वय इकाइ गुल्मीका कर्मचारीद्धय शाखा अधिकृत पिताम्बर पन्थी र इन्जिनियर लक्ष्मण राउतबाट सरसफाइ सामग्री र मिठाइ फलफूल वितरण गरिएको पाइएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D