gulminews logo
आईतवार, २०८१ बैशाख १६

होम आइसोलेशनबाटै ७२२ जनाले जिते कोरोना

हुमाकान्त पोखरेल
गुल्मी, ११ जेठ । गुल्मीको धुर्कोट गाउँपालिका –६ रजस्थलका ३१ बर्षिया भरत भण्डारीलाई गत वैशाख १५ गतेबाट टाउको दुख्ने, ज्वरो आउने लगायतका कोरोनासँग मिल्दाजुल्दा लक्षणहरु देखा पर्न थाले । वैशाख १७ गते अर्घाखाँची पुगेर पिसिआर् गराए । उनमा कोरोना पोजेटिभ आयो । त्यसपछि स्वास्थ्यकर्मीको सम्पर्कमा होम अइसोलेशनमा बसे ।

होम आइसोलेशनमा पनि शरिर दुख्ने, ज्वरो आउने पखाला लाग्ने लगायतका समस्या देखा प¥यो । समस्यासँग उनी आत्तिएनन् । आत्मबल बढाउदैँ गए । स्वास्थ्यकर्मीकै सल्लाहमा १० दिन एन्टिभाइटिक औषधी खाए । घरमा बस्दा ज्वानो, गुर्जो, बेल लगायतका आयुर्वेदिक औषधी पनि सेवन गरे । त्यसपछि उनलाई खोकी लाग्न सुरु ग¥यो । केही दिनपछि खोकी निको भएसँगै उनलाई कोरोना पनि निको भएको महसुस भयो । उनी मात्र होइन्, उनका भाई २३ बर्षिया पुष्पराजलाई पनि १९ गते कोरोना संक्रमण पुष्टि भयो । लक्षणसहित संक्रमण पुष्टि भएका उनले एक हप्ता एन्टिभाइटिक सेवन गरे । २० गते श्रीमती बिनितालाई पनि कोरोनाका लक्षणहरु देखा परे ।

कोभिड नै आकलन गरी उनले एन्टिजेन्ट र पिसिअर् जाचँ भने गराइनन् । सुरक्षित होम आइसोलेशनमा बसिन् । २३ गतेबाट उनका बुबा र आमालाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखा परे । सोही दिन बुबाको एन्टिजेन्ट परीक्षण गरिएकोमा पोजेटिभ आयो । यसरी सबै परिवार नै कोरोना संक्रमणबाट गुज्रेको भण्डारी परिवारले होम आइसोलेनशनबाट कोरोना जितेको छ । ‘म, भाई, श्रीमती र बुबालाई बढी लक्षण देखिएको थियो ।’ भरतले भने, ‘परिवारका सबै संक्रमित भएपनि खुसिको कुरा, डेढ बर्षको छोरालाई भने कोरोनाले छोएन ।’ परिवारका सबैले कोरोना संक्रमण अवधिभर भिटामिन सि, डि र डि कम्लेक्स लगायतका औषधी पनि घरमै बसेर सेवन गरे । जसले गर्दा परिवारका सबै सदस्यले होम आइसोलेशनबाटै कोरोना जितेको भण्डारीले बताए ।

रेसुङ्गा नगरपालिका –८ का ४४ बर्षिया कृष्ण प्रसाद भण्डारी, उनकी श्रीमती चन्द्रकला, ६ बर्षिया छोरा कुशल र १२ बषिय छोरी करुणालाई वैशाख १५ गते एकैदिन कोरोना संक्रमण पुष्टि भयो । कृष्ण प्रसाद र छोराछोरीलाई लक्षण नदेखिएपनि श्रीमती चन्द्रकलालाई भने धेरै लक्षण देखा प¥यो । संक्रमण पुष्टि भएपनि श्रीमती चन्द्रकला र छोराछोरी धेरै आत्तिए । तर कृष्ण प्रसादले सबैलाई सान्त्वना दिए र होम आइसोलेशनमै बस्ने निर्णय गरे । बिहान उठेर सबैले सक्दो शारीरिक कसरत गरे । कृष्ण प्रसाद सामाजिक तथा राजनीतिक व्यक्ति पनि भएकोले परिवारमा पनि सन्तुलित भुमिका निर्वाह गरे । जसले गर्दा १४ दिनपछि सामान्य जिवनयापनमा फर्केको उनी बताउछन् । ‘घरमा बसेर नियमित ज्वरो र अक्सिजन जाचँ ग¥यौ, स्वास्थ्यकर्मीको पनि सम्पर्कमा रह्यौं ।’ कृष्ण प्रसाद भन्छन्, ‘संक्रमणले शारीरिक रुपमा कमजोर बनाएपनि सामान्य जिवनमा फर्कन सफल भयौं ।’ अझै पनि घरमा हलेदो, गुर्जो, कागतिका पात, मरिच, सुप लगायतका घरायसी आयुर्वेदिक औषधीहरु सेवन गरिरहेको कृष्ण प्रसाद बताउछन् । तर कोरोनालाई कसैले हलुका रुपमा नलिन पनि उनले आग्रह गरे ।

रेसुङ्गा नगरपालिका –१ का पदम प्रसाद पाण्डेले पनि घरमै बसेर २० औँ दिनमा होम आइसोलेशनमै कोरोना जिते । संक्रमण पुष्टि हुँदा शारीरिक रुपमा कमजोर भएका उनले आत्मबल बलियो बनाए । जसका कारण कोरोनालाई पराजित गरे । ‘सुरुसुरुमा धेरै डर लागेजस्तो पनि भएको थियो, तर अस्पताल जाने अवस्था थिएन ।’ उनले भने, ‘नियमित रुपम घरमै व्यायाम गर्ने तथा घरायसि औषधी खाँदा कोरोनालाई जित्न सफल भए ।’
माथि उल्लेखित व्यक्ति तथा परिवार होम आइसोलेशनबाट कोरोनालाई जित्ने उदाहरण मात्रै हुन् । दोस्रो चरणको कोरोना सुरु भएपछि जिल्लामा दुई सय बढी संक्रमित भएपछि वैशाख १७ गतेबाट लकडाउन गरिएको थियो । अहिलेको भाइरस नियन्त्रणमा पालिकाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । जसका कारण गाउँमा हुने संक्रमित पनि नियमित रुपमा स्वास्थ्यकर्मीको सम्पर्कमा रहन पाए । त्यसले गर्दा होम आइसोलेशनबाट धेरैजना कोरोना जित्न सफल भएका हुन् । गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्या पनि संक्रमितलाई सकेसम्म अस्पताल नआउन र घरमै बसेर उपचार गर्न सल्लाह दिन्छन् । ‘सम्भव भए घरमै बस्नुपर्छ, अस्पतालमा झन धेरै जोखिम छ ।’ उनले भने, ‘होम आइसोलेशनबाट पनि स्वास्थ्यकर्मीको भने सम्पर्कमा रहनुपर्छ ।’

गुल्मीमा दोस्रो चरणको भाइरसबाट हालसम्म कुल ७२२ जनाले होम आइसोलेशनबाट कोरोना जितेका छन् । जसअन्तरगत रेसुङ्गा नगरपालिकामा २०१, मुसिकोट नगरपालिकामा ५२, मालिका गाउँपालिकामा २७ जनाले होम आइसोलेशनबाट कोरोना जितेका छन् । त्यस्तै धुर्कोटमा ४३, मदानेमा २३, कालिगण्डकीमा २२, चन्द्रकोटमा ८, सत्यवतीमा ३६ जनाले कोरोना जितेका छन् । रुरुक्षेत्रमा १३६, छत्रकोटमा ७४, इस्मामा ५२ तथा गुल्मीदरबारमा ४९ जनाले होम आइसोलेशनबाट कोरोना जित्न सफल भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन गोपाल कार्कीले जानकारी दिए । संक्रमितमध्ये आइसोलेशन र जिल्ला साथै देशका विभिन्न अस्पतालमा गराएको उपचारपछि १०७ जना संक्रमणमुक्त भएका छन् । गुल्मीमा हाल दोस्रो चरणको कोरोना संक्रमणबाट ९३० जना सक्रिय संक्रमित छन् भने ६८ जनाको मृत्यु भएको कोरोना फोकल प्रसन कार्कीले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D