gulminews logo
बिहीबार, २०८१ बैशाख १३

हिमालय एअरलाईन्सले दिएको पिसिआर मेसिन गुल्मी आईपुग्यो, परराष्ट्र मन्त्रीद्वारा हस्तान्तरण

टोपलाल अर्याल
गुल्मी, ३ साउन । हिमालय एअरलाईन्सले सहयोग स्वरुप दिएको पिसिआर मेसिन गुल्मी आईपुगेको छ । परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले शनिबार कोरोना परिक्षण गर्ने उक्त पिसिआर मेसिन रेसुङा नगरपालिकालाई हस्तान्तरण गरेका छन् । परराष्ट्र मन्त्री ज्ञवाली हेलिकप्टर मार्फत मेसिन लिएर जिल्ला आएका थिए । उनले जिल्ला विपद व्यवस्थापन समिति मार्फत रेसुङा नगरपालिकाका मेयर डिल्लीराज भुसालललाई मेसिन प्रदान गरेका हुन् । हिमालय एयरलाइन्सले पिसिआर मेसिन सहयोग गरेको हो । संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत आफुहरुले मन्त्री ज्ञवालीको पहलमा पिसिआर मेसिन प्रदान गरेको एयरलाइन्सका उपाध्यक्ष बिजय श्रेष्टले जानकारी दिए । केहि समय पहिलेबाट स्थानीय तहले सदरमुकाम तम्घासमा कोभिड अस्पताल र ल्याब संचालन गर्न प्रयत्न गरिरहेका छन् ।

ढुक्क हुने अवस्था छैन

मेसिन प्रदान गर्दै ज्ञवालीले कोरोना संक्रमणले सामाजिक जीवनमा अत्यन्तै ठूलो क्षति पुगेकाले अझै ढुक्क बन्ने स्थिती नभएको बताए । उनले स्रोत र साधनका हिसाबले अहिलेसम्म कोभिड बिरुद्धको लडाइँमा राम्रो सफलता मिलेको बताए । साथै सवैभन्दा खरावको स्थिती अझै बाँकी भएकाले त्यसको तयारीमा समेत तीन वटै सरकारका संयन्त्र लाग्नुपर्नेमा ज्ञवालीले जोड दिए । उनले बिज्ञबाट अझै पनि संक्रमणको धेरै खाले संकेतहरु आएकाले सरकारले देशमा विभिन्न स्थानमा ल्याव संचालन गरिरहेको बताउँदै अहिले आएको मेसिनको उपयोगिता पनि त्यत्तिकै रहेको बताए । ‘अहिले मेसिनको खर्चको कुरा नगरौ, मानव जीवनभन्दा खर्च ठुलो होइन,’उनले भने,‘सवैको सहयोगमा तुरुन्त ल्याव संचालन गर्नुप¥यो ।’

भारतले कुटनीतिक पहल सुनेन

परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले भारतसंग सार्वभौम समनतासहितको सम्बन्ध चाहेको बताए । उनले सिमनाको बिषयमा आफुहरुले असल छिमेकीका नाताले दुई÷दुई पटक कुटनैतिक पहल र आग्रह गरेपनी भारतले नटेरेको आरोप लगाए । ‘भारतले कुटनीतिक पहलको गम्भीरता बुझेन बरु सडक बिस्तार भयोे,’उनले भने,‘राष्ट्रिय अखण्डताको बिषयमा सवै दलबिच अभुतपुर्व एकता गरि नक्सा पारित ग¥यौ ।’ अब पनि सवै दल र जनताको सहयोगमा कुटनीतिक पहल मार्फत नक्सामा कायम भएको भु–भाग फर्काउन प्रयत्न गर्ने ज्ञवालीले बताए ।

एकताको जगमा प्रहार नगरौ

गुल्मी आएका परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले नेकपा पार्टी कार्यालयमा नेकपा नेता कार्यकर्तालाई संबोधन गर्दै पार्टीभित्रको आन्तरिक समस्याले कुनै बिग्रह नआउने बताए । उनले नेकपा घरको धुरी खाँबो भएकाले भत्किए खाँबो मात्रै नभाचिने बताए । ज्ञवालीले कोरोना क्षति र छिमेकको समस्या समाधानको पहलको सट्टा अहिलेले आन्तरिक कलह औचित्यपूर्ण नभएको प्रतिक्रिया दिए । ‘शान्ति प्रक्रिया र सशस्त्र संघर्षबाट आएका दुई पार्टीको भावना समेट्न दुई अध्यक्ष बनाइएको हो,’उनले भने,‘आग्रह र उत्तेजनामा आएर एकता जगमा प्रहार भत्काउन पाइदैन ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D