gulminews logo
बिहीबार, २०८१ बैशाख १३

हिँउदे वर्षातले कृषकलाई राहत

अनिल खत्री
२४ माघ, गुल्मी । दुईदिन देखि परेको हिँउदे वर्षातले कृषकलाई राहत मिलेको छ । गुल्मी लगायत छिमेकी जिल्लाहरुमा शुक्रवार बिहानदेखि परेको पानीका कारण कृषहरुलाई रातह मिलेको हो ।

हिँउदको समयमा पानी नपर्दा कृषकहरुलाई समस्या पर्दै जान थालेको थियो । गत आसोजको पहिलो साताबाट वर्षात भएको थिएन । तर यो वर्ष माघको अन्तिम साता भएपनि पानी पर्दा हिँउदे वाली समेत हुनेभएपछि कृषकहरु हर्षित छन् ।

पानी परेसँगै कृषकहरुले लगाएका मौसमी तथा बेमौसी तरकारी, फलफुल अन्य वालीलाई राहत मिलेको छ । हिँउदे वर्षातले गुल्मी लगायत छिमेकी जिल्लाहरुमा चिसो पनि वढेको छ ।

चिसो वढेसँगै गुल्मीका उच्च स्थानहरु रेसुङ्गा, अर्जुन, मदाने लगायतका आदा दर्जन उच्च स्थानमा सामान्य हिँउ पर्ने सम्भावना रहेको छ । अघिल्ला वर्षहरुमा माघ महिनाको अन्तिम तिर पानी पर्दा गुल्मीको रेसुङ्गामा २ पटकसम्म हिँउ परेको थियो ।

चिसोका कारण वढेसँगै बजार तथा अन्य स्थानमा चहलपहल घटेको छ । चिसोबाट जोगिन घरमै बस्नाले र अत्याबश्यक काम बाहेक अन्य बाहिर हिडडुल नर्गनाले चहलपहल घटेको हो । चिसोबाट केटाकेटी, बिरामी तथा बृद्धबृद्धाहरुलाई अलि बढिनै सताउने गर्दछ ।

वर्षात पछि बाझै रहेका खेतवारीहरु पनि पानी नपर्दा खाली रहेका थिए । पानी परेसँगै कृषकहरुले खाली रहेका खेतवारीमा तरकारी तथा अन्य वाली लगाउन राहत मिल्नेछ ।

हिँउदको समयमा पानी नपर्दा कृषकहरुले लगायको बेमौसी तथा मौसमी तरकारी, फलफुल लगायतका वालीहरु पनि सुक्दै जाने थालेका थिए । यसवर्ष वर्खाको समयमा पनि पर्याप्त मात्रामा पानी परेको थियो ।

पानी नपर्दा जिल्लाका ग्रामीण भेगमा रहेका कच्ची सड्कहरुमा हिड्ने तथा सडक छेउमा रहेका घरहरुलाई धुलोले समस्या परेको थियो । पानी परेसँगै धुलो उडनबाट केहि दिन भएपनि राहत हुने स्थानियको भनाई छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D