Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
हाडनाता बलात्कार आरोपमा पक्राउ किशोरलाई गुल्मी अदालतले दियो घर जाने अनुमती - Gulminews

हाडनाता बलात्कार आरोपमा पक्राउ किशोरलाई गुल्मी अदालतले दियो घर जाने अनुमती

डिबी खड्का
गुल्मी, भदौ १५ । कानुनले जघन्य अपराध मान्ने बलात्कारका आरोपीलाई गुल्मी अदालतले घर जाने अनुमति दिएको छ । जबरजस्ती करणीको आरोपमा जिल्लाको मदाने गाउँपालिका एक का १६ वर्षीय किशोर गएको साउन २६ गते पक्राउ परेका थिए । साउन २० गते सोही स्थानकी हाडनाता पर्ने ११ वर्षीया किशोरीलाई घरमा कोही नभएको समयमा दिउँसो करिब ११ बजे घर नजिकैको गोठमा लगरे जबरजस्ती करणीको प्रयास गरेको परिवारले बताएका छन् ।

आरोपी २० वर्ष उमेर नपुगेका कारण कारागार पठाउन नमिल्ने भएकाले अभिभावकको जिम्मा लगाएर घर पठाइएको गुल्मी अदालतले बताएको छ । कानुन सम्मत २० वर्ष नपुगेका बालबालिकालाई सुधार गृहमा पठाउनु पर्ने व्यवस्था छ । सुधार गृह गुल्मीमा नभएको र भैरहवाको सुधार गृह वर्षातका कारण डुबेको , कोरोनाको जोखिम रहेको कारण अभिभावकको जिम्मा लगाएको गुल्मी अदालतका श्रेष्तेदार भिम भुसालले बताए । यस बारे थप जिज्ञासा राख्दा अदालतमा बिचारधीन रहेको मुद्धामा आफु धेरै फोनमा बोल्न नमिल्ले प्रतिक्रया दिए ।

भदौ १४ गते उनलाई अदालतले घर जाने अनुमती दिएको हो । यसबारे जानकारी लिँदा गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले आफुलाई केही थाहा नभएको र बुझेर प्रतिक्रिया दिने बताएकी छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D