gulminews logo
मंगलवार, २०८० चैत्र ६

हाडनाता प्रेमको परिणतीः एकै साथ देह त्याग र अन्यत्यष्टि

प्रेम सुनार

गुल्मी, असार–४ । छिमेकी जिल्ला प्युठानमा दाजु बहिनी बिचको प्रेम सम्वन्ध स्थानियले असफल पार्न खोजे पछि उनिहरु दुवै जनाले एकै साथ विष सेवन गरेर आत्मा दहन गरेका छन् ।

झिम्रुक गाउँपालिका वडा नम्वर( ५ नेपाने निवासी २३ वर्षिय शिरबहादुर जिसी र १७ वर्षिया श्रृृष्टी जिसीले विष सेवन गरेको कुरा ढिलो गरी बाहिर आएको छ । शनिवार उनिहरुले गरेको देह त्यागको कुरा विवादका कारण हिजो आईतवार सहमति जुटे पछि मात्र वाहिर आएको हो । परिवारजनले सहमति पश्चात आज विहान शव बुझी उनिहरुको अहिले एकै साथ झिम्रुक घाटमा अन्त्यष्टि गरिदै छ ।

यता नजिकै प्रेमी बनेका दाजुको शव र उता प्रेमिका बनेकी बहिनीको शवमा दुबैका परिवार जनले दागवत्ती दिइरहदा रोइ–कल्लाइ कोलाहाल मच्चीएको थियो । कतिपयले भन्दै थिए बिचाराहरु आफुखुशि जसरी बाँच्थे–बाँच्थे स्वतन्त्र छाडीदिएको भए बरु यस्तो देख्न पर्दैन्थ्यो । उनिहरु एउटै छिमेकको करिव सय मिटर दुरी घर भएका १३ दिने दाजु भाईका छोरा छोरी थिए ।

यस्तो छ घटना विवरण

उनिहरु जेठको अन्तिम साता तिर भागी विवाह गरी भारततिर हिडेका थिए । त्यस क्रममा कृष्णनगर नाकामा पुग्दा माईती नेपाल भन्ने संस्थाले रोक्यो । त्यस पछि ति युवाको घरमा सो संस्थाले फोन ग¥यो । उनकी आमाले उनिहरु दाजु बहिनी हुन उपचार गर्न हिडेका हुन छाडि दिनुस् भने पछि छाडियो । उनिहरु भारतको दिल्ली पुगे ।

फेरी युवतीकी आमाले त्यस माईती नेपालमा पुगेर मेरो सहमति बिना किन छाडियो भनेर आक्रोष पोखिन । फर्केर आई झिम्रुक–५ मा रहेको ईलाका प्रहरी कार्यालय मच्छीमा आई हाडनाता करणीे विरुद्धको उजुरी दिईन । प्रहरीले दुवै पक्षका अभिभावकलाई झिकायो । त्यहाँको चौकी प्रमुखले युवतीकी आमाको मागको आधारमा युवाको परिवारलाई एक हप्ता भित्र उनिहरुलाई भारतबाट नझिकाए जेल हाल्ने सम्मको धम्की दिए ।

अन्ततः दुवै जना त्यहाँबाट हिडे । युवाको भाई कृष्णनगर सम्म लिन गएका थिए । उनले दुवै जनालाई मच्छी ईलाका प्रहरी कार्यालयमा जेठ–३० गते साँझ लिएर बुझाए । अर्को दिन युवतीले म भारतमा बस्ने भएकोले १३ दिने दाजु भाई भएको आफुलाई थाहा नभएर माया प्रेम बस्न गएको बताईन । युवाले त्यस गाउँका कतिपय घटनाको उदाहरण दिदै भने–‘ अरुले भाउजु र आमा पर्ने सम्मलाई लगेका छन् भने हामीलाई किन रोक्नु हुन्छ , हामी एक अर्का बिना बाँच्नै नसक्ने भएका छौं । ’

उनिहरुको यस्तो प्रश्नबाट गाउँवासी थप आक्रोषित भएर उनिहरुलाई कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय विजुवार लैजानु पर्ने माग राखे । त्यहाँबाट शिविल पोशाकमा एक जना प्रहरी जवानको साथ लगाएर उनिहरुलाई सार्वजनिक सवारी साधनमा राखेर लगियो ।

यहि हो सुरक्षाकर्मीको निगरानी ?

जिल्ला प्रहरी कार्यालयका प्युठानका प्रमुख डिएसपी राजेन्द्र पोखरेलसंग सम्पर्क राख्दा उनले ति द्ुवैलाई हिरासतमा नलिई सामन्य निगरानीमा राखेर जिल्ला प्रहरी कार्यालय ल्याउन लागेको बेला यस्तो दुखद घटना घटेको बताए ।

उनले भने–‘हिजो आईतवार एक खालको सहमति बनेर शव बुझेर लैजानु भएको छ , उहाँहरुले प्रहरीको कमजोरीमा दुवै जनाको ज्यान गएको भन्ने आरोप लगाउनु भएको छ । तर उनिहरु हाम्रो हिरासतका पात्र थिएनन् ।

सामन्य निगरानीमा राखेर मच्छी प्रहरी चौकीका जवानले जि.प्र.का. ल्याउँदै गरेको बेला उनिहरुले बाटोमा बिष सेवन गरेर यस्तो दुखद घटना घट्न गएको हो । उहाँहरुले लगाएको आरोप जस्तै हाम्रो कमीकमजोरी भएको अनुसन्धानले देखाए हाम्रो जस्तो अनुशासित संगठनले त्यसलाई अवश्य सुधार गर्ने छ । ’

दुवै अभिभावकहरुको पक्षबाट स्थानिय समाज सेवी दानबहादुर जिसी मच्छी प्रहरी चौकीका जवानको चरम लापर्वाही भएको आरोप लगाउँ छन् । उनले भने–‘ प्रहरीको निगरानीमा भएका दुवै जनाले विष सेवन गर्दा के हेरेर बसे ? के यहि हो सुरक्षा ?

उनि भन्छन –‘ प्रमुख जिल्ला अधिकारी कृष्णा बहादुर घिमिरेको रोहवरमा बसेको बैठकले गरेको कागज पत्रमा संस्थागत कमजोरी मात्रै स्वीकार गरियो तर ति प्रहरी जवानको कमजोरी उल्लेख गरिएन । त्यस पछि अभिभावकहरुले उक्त कुरा उल्लेख नगरे सम्म सहमति नगर्ने अडान लिईयो । त्यस पछि निजलाई कार्वाही गर्ने लिखित सहमति भएर पछि मात्र शव उठा्रईको हो ।’

उनका अनुसार बाटोमा जाँदै गरेको अवस्थामा उनिहरु मरनथाना भन्ने स्थानमा ओर्लिए । त्यस पछि बागदुला भन्ने स्थानमा ओलिए । त्यहाँ ओर्लेर उनिहरुले नास्ता खान्छौं भने । केरा र पानी खाए । युवतीलाई रजश्वला भएको भन्दै शौचालयमा कपडा फेर्छु भनिन् र शौचालय पसिन ।

उनि बाहिर निक्ले लगत्तै ति युवा पनि शौचालय पसेर बाहिरिएका थिए । त्यहाँबाट हिडेर उनिहरुलाई कृषि विकास कार्यालय नजिक ओरालियो । त्यहाँ उनिहरु पानी पिउँदै एक आपसमा हाँस्दै जिस्कीदै आई रहेका थिए ।

नजिकै रहेको जिल्ला प्रहरी कार्यालयको मुद्धाफाँटमा ल्याईयो । सोधपुछ गर्दा गर्दै ति युवतीले बान्ता गर्न थालिन । उनलाई उनका प्रेमी र प्रहरीले समातेर बाहिर लगे , लगत्तै उनका प्रेमीले पनि बान्ता गर्न सुरु गरे ।

त्यस क्रममा ति युवाले प्रहरीलाई आफुहरु दुवैले विष सेवन गरेको बताएको प्रहरीको भनाई आए पनि प्रहरी बाहेक सुन्ने देख्ने सर्वसाधरण अरु पाईएको छैन । त्यसरी एक देखि अर्को स्थान सम्म लैजाँदा निगरानीको आबश्यकता नभएको भए जनशक्ती प्रहरीले नखर्चेको भए हुन्थ्यो ।

यदि जनशक्ति परिचालन गरेपछि सुरक्षाको जिम्मा प्रहरी संगठन जस्तो सुरक्षा निकायले लिनै पर्ने सर्वत्र चर्चा चलि रहेको छ । स्मरण रहोस अनमेल प्रेम सम्वन्धका कारण युवतीका परिवारजनको दवाबमा विवाह गर्न बाध्य बनाउँदा रुपन्देहीका एक युवा जेठ २५ गते बिहान अर्थात विवाहको दोश्रो दिन रहश्यमय अवस्थामा मृत फेला परेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D