gulminews logo
बिहीबार, २०८१ बैशाख १३

हाटबजार बन्द हुदाँ कृषि उपजले पाएनन् बजार

मनोज कार्की
असोज २१, गुल्मी । पैसा कमाउनकै लागि विदेशका कुना काप्चा नै चाल्नु पर्छ भन्ने छैन् मेहेनत र परिश्रम गर्ने हो भने आफ्नै गाउँ ठाउँका उर्वर भुमीमा सुन फलाई मनग्य आम्दानी गर्ने सकिन्छ । यसैको उदाहरण बनेका छन् गल्मी रेसुङ्गा नगरपालिका वडा नं ४ अर्खेलेका कृषकहरु ।

बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ अथात् कोरोना भाइरसका कारण देश बिदेशमा रहेका कैयौँले रोजगारी गुमाएका छन् तर आफ्नै देशमा रहेर कृषि गर्नेहरुको न रोजगारी नै गुमेको छ न त कारोनाले ब्याबसायनै ठप्प पारेको छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं ४ अर्खेले कुवँरबारी टोलमा ज्ञानबहादुर दर्लामी र शिक्षक कमल प्रसाद आर्चायले कृषिबाट मनग्य आम्दानी गर्दै आएका छन् । तर पछिल्लो समय रेसुङ्गा नगरपालिका वडा नं ४ अर्खेले कुवँरबारी टोलका कृषकले उत्पादन गरेका फलफुल तथा तरकारीले बजार नपाउँदा कृषक मर्कामा परेको गुनासो गरेका छन् ।

करिब १५ बर्ष देखि कृषि कर्ममा ज्ञान बहादुर दर्लामी रमाउँदै आएका छन् । दर्लामी कृषीबाट भएको आम्दानीले घर खर्च चलाउँदै आएका छन् । रेसुङ्गा नगरपालिकाले तम्घास चारीखोलामा संचालन गरेको हाटबजार आफुहरुको भारी बिसाउने चौतारी जस्तै भएको कृषक कमल प्रसाद आर्चाय बताए ।

आफुहरुले उत्पादन गरेका कृषि उपज नगरपालिकाले घरमै आई उचित मुल्य दिई खरिद गर्दा मेहेनतको पैसा आउने तर बन्द भएपछि आफुहरु बिचौलिया बाट ठगिन परेको कृषक ज्ञान बहादुर दर्लामी बताउँछन् ।

उनीहरुले बारीमा बन्दाकोभि ,फुलकोभि ,मुला,टमाटार,खुर्सोनी ,साग,प्याज आलु ,काक्रा,तिते करेला लगाएतका मौसम अनुसारका फलफुल तथा तरकारी उत्पादन गर्दे आएका छन् ।

आफुहरुले लगाएका तरकारी र फलफुलमा चौघोडाले नोक्सान पुप्याएपछि नगरपालिकामा आफुहरुले माग गरेको तर सहयोग नपाएको गुनासो गरेका छन् ।

कृषकले उत्पादन गरेको कृषि उपजलाई बिक्रि बितरणमा नगरपालिकाले हाटबजार संचालन ल्याईएको उत्पादन वृद्धि गर्नेका लागि कृषि औजार बितरण साथै नगरपालिकाले अनुदानका कार्याक्रम ल्याएको रेसुङ्गा नगरपालिका कृषि शाखा प्रमुख हरिशरण पन्थीले जानाकारी दिए ।

कारोनाको कारण तम्घास चारीखोलामा संचालन गरिएको कृषि तथा पशु उपज संकलन केन्द्र हाल बन्द रहेकाले अब संचालन गरी कृषकका घरमा पुग्ने तयारीमा छ रेसुङ्गा नगरपालिका रेहेको रेसुङ्गा नगरपालिकाका सुचना अधिकारी शंकरप्रसाद गौतमले जानाकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D