हरिबोधनी एकादशीमा रेसुङ्गामा पुजा गर्नेहरुको घुईचो

अनिल खत्री
२२ कात्तिक, गुल्मी । हरिबोधनी एकादशीको अबसरमा गुल्मीको धार्मिक स्थल रेसुङ्गामा बिशेष मेला एबम् पुजा गर्ने भिड लागेको थियो । हरिबोधनी एकादशीको दिन धार्मिक स्थल रेसुङ्गामा ठुलो मेला लाग्नुका साथै स्नान र पुजाआजा गर्ने श्रद्धालु भक्तजनहरुको घुईचो लाग्ने गर्दछ ।

नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरु बाट पनि श्रदालु भक्तजन आउने गर्दछन । धार्मिक, ऐतिहासिक तथा पर्यटकिय स्थल रेसुङ्गामा विहानैदेखि गुल्मी लगायत बिभिन्न स्थानबाट श्रद्धालुहरु भक्तजन पुजा गर्नुका साथै मेल अबलोकनका लागि रेसुङ्गा जाने गर्दछन् ।

सदरमुकाम तम्घासदेखि अग्लो शिरमा पर्ने रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि बिशेष मेलामा भिड बढेको हो । रुरु–रेसुङ्गालाई नेपाल सरकारले देशका प्रमुख पर्यटकीय गन्तव्यहरुमा समावेस गरेको छ ।

अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्तिवक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्बद्र्धन र प्रचार–प्रसारको काम भइरहेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष भुसालले बताउनु भयो । मेलाको अबसरमा गुल्मीमै पहिचाहनको रुपमा रहेको भैलोलाई जोगाउनको निम्ति प्रतियोगिता समेत राखिएको थियो ।

प्रतियोगितामा ३ वटा समुह सहभागि भएका थिए । प्रतियोगिताको लागि गुल्मी दरबार गाउँपालिका बलिथुम, रेसुङ्गा नगरपालिका घोर्ले र इस्मा गाउँपालिका ताल्तुङ्गबाट भैलो समुह सहभागि भएको थिए । समुहले आफनो सँस्कृति झल्कीने खालको भैलो गीत नाच प्रस्तुत गरेका थिए ।

हरिबोधनी एकादशीको अबसरमा रेसुङ्गामा समितिले भैलो र भजनकृतको कार्यक्रम राखेको अध्यक्ष भुसालले बताउनु भयो । रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको र आध्यत्मिक महत्व रहेको जनश्रुति छ ।

यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् । धागीथुम,रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै संरक्षित वनक्षेत्र भित्र पर्दछन् । यहाँ बिभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु लाग्ने गर्दछन् । रेसुङ्गा संरक्षित वनको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत नौ जिल्लाको दृश्याबलोकन गर्न सकिने भ्यु टावर रहेको छ ।

विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण,होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ । यस मन्दिरमा दैनीक पूजा हुनुका साथै साउन भर एक महिना मेला र औंसी, ठूला एकादशी लगायतका पर्वहरुमा ठूलो मेला लाग्ने गर्दछ । सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ । केहि वर्ष पहिलेवाट तपोभुमी रेसुङ्गामा सवारीका साधन जान थालेका हुन । रेसुङ्गाको मेलालाई मध्यनजर राखेर रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले सार्बजनिक बिदा समेत दिएका छन् ।

मेलालाई व्यवस्थीत रुपमा मनाउनको निम्ति र रेसुङ्गा क्षेत्रको प्रचार प्रसार गरि नेपाल ग्रमण वर्षमा धेरै पर्यटकको आगमन गराउने उदेश्यले एक दिन सर्बजनिक बिदा दिएर मेला सरिक भएको रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले बताउनु भयो ।

यता गुल्मीको अर्को पवित्र धार्मिक स्थल कालीगण्डकि र रुद्रवेणी धाममा पनि नदीमा स्नान तथा पुजापाठ गर्ने श्रद्धालुहरुको घुईचो लाग्ने गर्दछ । हरीबोधनी एकादशी अबसरमा गुल्मी पाल्पा स्याङ्गजाको संगम स्थल रिडीमा ऋशीकेश उत्सवको पहिलो दिनको अबसरमा रिडीमा धार्मिक मेला आजबाट शुरु भएको छ ।

सोहि अबसरमा हजारौको संख्यामा तिर्थ यात्रीहरु कालीगण्डकीमा स्नान गर्न तथा ऋशीकेश भगवानको दर्शन गर्न रिडी आउने गर्दछन् । ऋशीकेश उत्सवको पहिलो दिनको अबसरमा रिडी बजारबाट पञ्चेबाजा सहित फुलपाती, फलफुल तथा रोटीहरुको बिभिन परीकार सहीत ऋशीकेश मन्दिर लगिएको थियो ।

द्वादशीको दिन ऋशीकेश भगवानको प्रतिमालाई रथमा राखी भब्य रुपमा रिडी बजारमा परीक्रमा गराइदैँ छ । त्यसको अबसरमा एकादशी र द्धादशीको दिन रिडीमा भव्यमेला लाग्ने गर्दछ । रथारोहरण कार्यक्रममा सहभागी हुन हजारौंको संख्यामा तिर्थालुहरु रिडी आउने गर्दछन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D