gulminews logo
शुक्रबार, २०८० चैत्र १६

हत्यापछि त्रसित बन्दै स्थानीय प्रहरीले कम चासो दिएको गुनासो

टोपलाल अर्याल

गुल्मी, कात्तिक २२ । चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा दुई बालिकासहित महिलाको विभत्स हत्या भएको दुई हप्ता पुग्न थाले । अहिलेसम्म शवको पहिचान भएन । प्रहरीले हत्यामा संलग्नलाई पत्ता लगाउन सकेको छैन् । त्यो घटनाले सिङ्गो गाउँ त्रसित बनेको छ ।

घटनास्थल बाग्लुङ्ग र गुल्मीको सिमना हो । शव भेटिएको नजिक चन्द्रकोट गाउँपालिका ३ को हर्राचौर र वडा नं २ को बिसुखर्क पर्दछन् । घटनापछि गाउँलेहरु त्यो बाटो हिड्दैनन् । गाउँमा नजिक प्रहरी छैन । जंगल जाने र घाँस दाउरा गर्नेहरु पनि नजाने गरेको बिसुखर्क बैरेनीका लाल बहादुर हमालले बताए । उनले बैरेनी गाउँका स्थानीय जंगल मात्रै नभएर एक्लै घरमा बस्न समेत नसक्ने अवस्थामा रहेकोले प्रहरीले कम चासो दिएको गुनासो गरे ।

बैरेनीकी धनकुमारी सार्कीको खरबारी हत्या भएको स्थानबाट केहि तल पर्छ । धेरै दिनमा उनी छोरा सुर्यसंगै घाँस काटन् गइन् । ‘छोरी चेलीवेटी घर बाहिर निस्कने अवस्था छैन, छोरासंगै कति दिनमा घाँस काटेर आएँ,’ धनकुमारीले भनिन,‘छिटोभन्दा छिटो अपराधी पत्ता लगाए हुन्थ्यो ।’

घटना स्थल गुल्मी हो । नजिकै बाग्लुङ्गको गलकोट थालेपोखरा, सल्यान तथा गुल्मीका, उर्लेनी, गैढुङ्गा, झारखर्क लगाएतका गाउँहरु छन् । दुवै गाउँका स्थानीय घटनाका बारेमा बेखर छन् । गाउँमा तिहार र त्यसपछि कामको चटारो भएकाले धेरै दिनपछि घटना बाहिर आएको स्थानीय तिर्ख बहादुर रम्तेलले बताए । उनले बाग्लुङ्ग वा गुल्मीकै व्यक्तिबाट हत्या हुनसक्ने भएकाले दुवै जिल्लाका प्रहरी प्रशासन सक्रिय भएर अनुसन्धानमा लाग्नुपर्ने बताए । त्यस्तै चन्द्रकोट गाउँपालिका ३ हर्राचौरका वडा सदस्य टेक बहादुर खत्रीले शवको पहिचाननै नहुनु तर तीन जनाको एकै ठाउँमा विभत्स हत्या भएकाले स्थानीय अझै बढि हतास र त्रसित भएको बताए । त्यो घटना रातमा मात्रै सम्भव भएकाले स्थानीय कसैलाई पनि कुनै पत्तो नभएको बताए ।

हत्या गरि फालिएको अवस्थामा कार्तिक १६ गते जंगलमा फेला परेका अन्दाजी २७ बर्षीय महिला र ११ तथा ७ बषीैया बालिकाको शब पाल्पा अस्पतालमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी डिएसपी मीन घलेले आफुहरु शव पहिचानमै केन्द्रित भएको प्रतिक्रिया दिए । उनले दुई हप्तासम्म पनि शव पहिचान नभएकोले हत्यारा पत्ता लगाउन कठिनाई भएको बताए । बाग्लुङको गलकोट, बुर्तिबाङ्ग, पाल्पाको प्रहरी लगायतका प्रहरी कार्यालयहरुसँग सम्पर्क भइरहेको गुल्मी प्रहरीले जनाएको छ । पहिलो काम शव पहिचान भएकाले त्यसपछि मात्रै हत्याराको अनुसन्धान गरिने घलेले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D