gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

स्वास्थ्य स्वयंसेवीका लाई माक्स र सेनिटाइजर बितरण

टोपलाल अर्याल, २२ असार
गुल्मी जिल्लाका सम्पूृर्ण स्वास्थ्य स्वंयसेविकाहरुलाई सेनीटाइजर र सर्जिकल माक्स वितरण गरीएको छ । असार २२ र २३ गते ६ महिनादेखि ५९ सम्मका बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए र जुकाको औषधी खुवाउने अभियानमा खटिने स्वास्थ्य स्वंयसेविकाको सुरक्षालाई मध्यनजर गर्दै जिल्लाका २ वटा नगरपालिका र १० वटा गाउँपालिकाका सम्पूर्ण स्वास्थ्य स्ंवयसेविकाहरुलाई सेनीटाइजर र सर्जिकल माक्स वितरण गरिएको हो ।

जिल्लाका नौ सय ९५ जना स्वस्थ्य स्वंयसेविकाहरुलाई एक/एक थान सेनीटाइजर र सर्जिकल माक्स वितरण गरिएको एकीकृत ग्रामीण विकास समाजका कार्यकारी निर्देशक कृष्ण विश्वकर्माले बताए । USAID को सहयोगमा एकीकृत ग्रामीण विकास समाजको साझेदारीमा संचालन भइरहेको सुआहारा परियोजनामार्फत उक्त स्वास्थ्य समाग्री वितरण गरीएको हो । सस्थाले कोरोना संक्रमण सुरु भएपछि पत्रकारहरुलाइ पनि माक्स बितरण गरेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D