gulminews logo
मंगलवार, २०८० चैत्र ६

स्वास्थ्यकर्मीमा सक्रंमण देखिएपछि मुसिकोटको वडा नं ६ र स्वास्थ्यचौकी सील

सागर भण्डारी
गुल्मी, भदौ १३ । मुसिकोट नगरपालिका वडा नं ६ मा एक स्वास्थ्यकर्मीमा कोरोनाको सक्रंमण देखिएसगैं वडा नं ६ र स्वास्थ्यचौकीलाई सील गरिने भएको छ । नगरपालिकाले समुदायस्तरमा गरेको कोरोना परिक्षणको रिपोर्टमा समुदायस्तरमा कुर्घा स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मी सहित अन्य ४ जनामा सक्रंमण देखिएपछि आज राति १२ बजेदेखि लागुहुने गरी वडा नं ६ र उक्त स्वास्थ्यचौकी सील गर्ने निर्णय गरेको मुसिकोट नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो ।

उक्त स्वास्थ्यचौकीबाट प्रदान हुने सम्पूर्ण सेवाहरु बन्द हुने गरी सील गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । त्यस्तै वडा नं ६ बुर्तिबाङ पुग्ने मुख्य सडकसञ्जालसँग जोडिएकाले उक्त सडकखण्ड भएर चल्ने लामो दुरीका सवारी साधन चल्न दिएपनि वडा नं ६ भित्र रोक्ने र यात्रु ओराल्ने र लैजाने भने प्रविबन्ध गरिएको अधिकृत भण्डारीको भनाई छ । त्यस्तै वडा भित्र आन्तरिक एवं छोटो दुरीका सवारीसाधन पूर्ण रुपमा प्रतिबन्ध लगाउने, बैकं तथा वित्तिय र अन्य सामुदायिक संस्थाहरुमा अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने तथा होटल र अन्य सम्पूर्ण व्यापार व्यवसायलाई बन्द, तथा ग्वादिकाचौरमा खेल खेल्न प्रतिबन्ध लगाउने निर्णय गरिएको अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

मुसिकोटमा समुदायस्तरमा कोरोना सक्रंमण फैलिएकाले विशेष सावधानी अपानाउन र अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन तथा अनावश्यक काममा हिँड्डुल नर्गन उहाँले आग्रह गर्नुभयो । स्वास्थ्यसंस्थामै काम गर्ने स्वास्थ्यकर्मीहरुमा कोरोना पाजेटिभ देखिएपछि उक्त स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी र अन्य सम्पर्कमा आएका सवैको स्वाब संकलन गरेर पिसिआर परीक्षणको तयारी भइरहेको छ । शनिवार मुसिकोटमा क्वारेन्टाईनमा बसेका ४ जना र १ स्वास्थ्यकर्मी सहित ५ जनामा कोरोना सक्रंमण पुष्टी भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D