Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
स्मार्ट गाउँमा पशुपालनको रौनक बढ्दै - Gulminews

स्मार्ट गाउँमा पशुपालनको रौनक बढ्दै

टोपलाल अर्याल
गुल्मी, २१ असार । गुल्मीको मदाने गाउँपालिका २ बाँझकटेरी स्मार्ट कृषि गाउँ हो । त्यहाँ पशुपालनको प्रचुर संभाबना छ । जसका कारण अहिले उन्नत जातका गाई भैसीको व्यावसायीक पालन सुरु भएको छ । बिहिबार स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तरगत २१ गाई र एउटा राँगो समुहका सदस्यहरुलाई प्रदान गरिएको छ ।

गाउँपालिका प्रमुख दान बहादुर केसी, उपप्रमुख सरिता खड्का र कृषि ज्ञान केन्द्र प्रमुख बुद्धिराज शर्माले समुहका सदस्यहरुलाई गाई तथा राँगो प्रदान गरेका थिए । सोहि कार्यक्रममा बोल्दै मदाने गाउँपालिका प्रमुख दान बहादुर केसीले अनुदानको दुरुपयोग गर्ने किसानलाई पालिका तथा वडाबाट प्राप्त हुने सवै सुविधा रोक्का गर्ने बताए । उनले अबको बिकल्प कृषि र पशुपालन भएकाले युवाहरुलाई ढुक्क भएर कृषि कर्ममा लाग्न आग्रह गरे । साथै अहिलेको नीति कार्यक्रम र बजेटमा पनि युवा लक्षित कृषिलाई प्राथमिकता दिइएको जानकारी गराए ।

मदाने गाउँपालिका वडा नं २ बाँझकटेरीमा गत फागुन २८ गतेबाट स्मार्ट कृषि गाउँ कार्यक्रम संचालनमा रहेको स्मार्ट कृषि गाउँ कार्यक्रम संचालन समितिका सचिव बिष्णुप्रसाद भुसालले बताए । कृषि ज्ञान केन्द्र गुल्मीको ५० लाख र मदाने गाउँपालिकाको १० लाखको आर्थिक सहयोगमा कार्यक्रम लागु भएको छ । उनले केहि समय पहिला ३२ वटा उन्नत जातका भैसीहरु पनि समितिले समुहका सदस्यलाई प्रदान गरिएको जानकारी दिए । अहिलेसम्म तीन वटा पक्की पोखरी निर्माण र १० वटा पलाष्टिक पोखरी निर्माण गरिएको समितिका अध्यक्ष हिमलाल भुसालले जानकारी दिए । स्मार्ट कृषि गाउँ कार्यक्रममा आवद्ध सदस्यहरुले अनिबार्य रुपमा तीन वटा भैसी वा गाई पालन गर्नुपर्ने व्यावस्था रहेको छ ।

यो कार्यक्रममा पहिलो चरण कम्तिमा ५० जना कृषक आवद्ध हुन्छन् । पाँच बर्षे कार्यक्रम भएकाले व्यावसायी पशुपालक किसानलाई आवद्ध गर्दै लैजाने अध्यक्ष भुसालले बताए ।

प्रदेशको गौरवको योजना

यो कार्यक्रम प्रदेश ५ को गौरवको योजना हो । जिल्लाका छत्रकोट गाउँपालिका १ को हुँगामा तरकारी, धुर्कोट गाउँपालिकाको वडा नं ६ रजस्थलमा बाख्रा र मदाने गाउँपालिका वडा नं २ बाँझकटेरीमा गाई तथा भैसी पालनको काम भइरहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । व्यावसायीक कृषि तथा पशुपालनको माध्यमबाट नागरिको पोषक, सिचाइँ, कार्वन, बजार र सामाजिक तथा लैगिंक स्मार्ट बनाउने उदेश्य कार्यक्रमको रहेको कृषि ज्ञान केन्द्र प्रमुख बुद्धिराज शर्माले जानकारी दिए ।

दुधमा बजारको चुनौति

पशुपालनमा आकर्षित किसानहरु भने बजार व्यावस्थापनलाई प्रमुख चुनौतिको रुपमा लिएका छन् । स्थानीय युवा कृषक बाबुराम भुसालले किसानलाई बिउ मल र पशुचौपाय बितरण गर्ने तर उत्पादनको बजारीकरण नहुँदा समस्या हुने भएकाले स्थानीय तह र ज्ञान केन्द्रलाई बजारलाई बिशेष ख्याल गर्न आग्रह गरे । मदाने गाउँपालिका वडा नं २ बाँझकटेरीका वडाध्यक्ष माधव भुसालले किसानकोमा पाँच सय लिटर दुुध उत्पादन भए बजारको कुनै समस्या नभएको बताए । उनले आफुसंग थुप्रै डेरीहरु सम्पर्कमा आएकाले किसानहरुलाई बजारीकरणको चिन्ता नलिन आग्रह गरे । बाँझकटेरीमा जर्सी र होल्याण्ड क्रस ५० बढि गाइ गाउँमा छन् । भने उन्नत जातका भैसीको संख्या पनि थपिदै गएको छ । बाँझकटेरीबाट गत बर्षदेखि लकडाउन अगाडीसम्म दुध बिक्री भएको भुसालले बताए । उनले आफु साउदीको अलमराईमा १४ बर्ष विश्वको तेस्रो डेरीमा काम गरेका पशुपालनमा गाउँलाई अब्बल बनाउने बताए । अब गाउँका युवालाई दुधको आइसक्रिम, छुर्पि र पनीर बनाउने तालिम दिने सोच रहेको भुसालले बताए ।

कृषि र पशुमा करिव ४ करोड बजेट

मदाने गाउँपालिकाका वडा नं २ मा स्मार्ट कृषिसहित सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना संचालन भएको छ । भने वडा नं ४, ३ र ७ बाख्रा उद्यम परियोजना कार्यान्वयनमा छ । त्यस्तै वडा नं १, ५ र ६ मा मुख्यमन्त्री ग्रामिण विकास परियोजना संचालन भएको गाउँपालिकाका सूचना अधिकारी क्रृषिराम पोख्रेलले जानकारी दिए । आगामी बर्षको लागि कृषि र पशु पालनको क्षेत्रमा झण्डै चार करोड बजेटको व्यावस्था गरिएको पोख्रेलले बताए । मदाने गाउँपालिकाका सवै वडाहरु पशुपालनको दृष्टिले अत्यन्तै राम्रो रहेका छन् । कृषि र पशुपालन मार्फत नागरिकको आर्थिक स्थितीमा सुधार ल्याउनको लागि गाउँपालिका, प्रदेश र अन्य गैर–सरकारी संस्थासंगको साझेदारीमा कार्यक्रमहरु भइरहेको मदाने गाउँपालिका उपप्रमुख सरिता खड्काले बताइन् । उनले अनुदानको आश गर्ने तर काम नगर्ने किसानहरु बढ्दै गएकाले प्रभावकारी अनुगमन मार्फत त्यस्ता व्यक्तिहरुलाई निरुत्साहित र कारबाही गरिने बताइन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D