gulminews logo
मंगलवार, २०८० चैत्र ६

स्मार्ट कृषि गाउँ हुँगा जिल्लामै उत्कृष्ट

टोपलाल अर्याल
गुल्मी, १ साउन । गुल्मीको छत्रकोट गाउँपालिका १ हुँगाको स्मार्ट कृषि गाउँ जिल्लामै उत्कृष्ट भएको छ । भुमि व्यावस्था तथा कृषि सहकारी मन्त्रालय लुम्बिनी प्रदेशले स्मार्ट कृषि गाउँ हुगालाई सम्मान गरेको हो । कृषि ज्ञान केन्द्र गुल्मी मार्फत जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले उत्कृष्ट स्र्माट कृषि गाउँ हुँगालाई पुरस्कृत गरे ।

समुहका अध्यक्ष दान बहादुर पल्लीलाई प्रमाणपत्रसहित नगद २५ हजारले सम्मान गर्दै समन्वय समिति प्रमुख पराजुलीले कृषक र कृषि समुहहरुलाई बिस्तारै आफ्नै खुट्टामा उभिन सुझाव दिए । उनले सधै कोहि कसैलाई सहयोग संभव नभएकाले कार्यक्रम वा परियोजनासंगै कृषि कर्म सकिने स्थिती आउन नदिन आग्रह गरे । लुम्बिनी प्रदेशद्धारा गुल्मीका ७ स्थानीय तहमा स्मार्ट कृषि कार्यक्रम संचालन भएको कृषि ज्ञान केन्द्र गुल्मीका कृषि अधिकृत हरिप्रसाद आचार्यले बताए । आचार्यका अनुसार स्मार्ट गाउँ कार्यक्रम अन्तरगत छत्रकोट गाउँपालिकामा तरकारी उत्पादन, मदाने गाउँपालिकामा गाइभैसी पालन, धुर्कोट गाउँपालिकामा तरकारी उत्पादन र बाख्रापालन, गुल्मीदरवार गाउँपालिकामा खाद्यान्यबाली उत्पादन, मुसिकोट नगरपालिकामा मौरीपालन, चन्द्रकोट गाउँपालिकामा तरकारी उत्पादन र बाख्रा पालन तथा रुरु क्षेत्र गाउँपालिकामा आलु र तरकारीको व्यावसायीक उत्पादनको काम भइरहेको छ ।

यो कार्यक्रम लुम्बिनी प्रदेश सरकारको गौरवको परियोजना हो । परियोजनासंगै कृषक र समुहहरुलाई सवल र अब्बल बनाउन राम्रो काम गर्ने स्मार्ट कृषि समुहहरुलाई मन्त्रालयले पुरस्कृत गरेको कृषि ज्ञान केन्द्रका बरिष्ठ कृषि अधिकृत नवराज भण्डारीले जानकारी दिए । यो कार्यक्रम लुम्बिनी प्रदेश सरकारको गौरवको परियोजना हो । व्यावसायीक कृषि तथा पशुपालनको माध्यमबाट नागरिकलाई पोषक, सिचाइँ, कार्वन, बजार र सामाजिक तथा लैगिंक रुपमा स्मार्ट बनाउने उदेश्य कार्यक्रमको रहेको भण्डारीले बताए ।

पछिल्लो समय जिल्लामा व्यावसायीक कृषि र पशुपालन गर्नेहरुको संख्या बृद्धि भएको छ । प्रदेश र स्थानीय सरकारले करोडौ रुपैयाँ कृषि र पशुपानलको क्षेत्रमा खर्च गरेका छन् । कृषि ज्ञानकेन्द्र गुल्मी मार्फत हुँगामा ०७६ सालबाट स्मार्ट कृषि कार्यक्रम संचालन भएको छ । अहिले २ सय ५० रोपनी क्षेत्रफलमा स्थानीय कृषकहरुले व्यावसायीक तरकारी खेती गरिरहेका छन् । स्मार्ट गाउँ कार्यक्रमको लागि दुई बर्षमा लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकार र समुहले करिव डेढ करोड खर्च भएको छ ।

पुरस्कार ग्रहण गर्दै स्मार्ट कृषि गाउँ हुँगाका अध्यक्ष दान बहादुर पल्ली सम्मानले कृषि कर्ममा थप उर्जा प्राप्त भएको प्रतिक्रिया दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D