gulminews logo
मंगलवार, २०८० चैत्र ६

स्थानीय सरकारको उदासीनता, जोखिम क्षेत्रमै फर्किए पहिरो पीडित

सन्तोष महतारा
गुल्मी, ०८ साउन ÷ जिल्ला प्रशासन कार्यालय गुल्मीले बिस्थापितको नाम दिएकाहरु पहिरोको जोखिम क्षेत्रमा फर्कन बाध्य भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ र मुसिकोट नगरपालिका वडा नम्बर २ का २ सय ५० घरलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले बिस्थापित भनेकोमा अहिले उनीहरु पुरानै जोखिम क्षेत्रमा फर्किन बाध्य भएको पहिरोमा ८ वर्षीय छोरी गुमाएका स्थानीय राम बहादुर खत्रीले बताए ।

“हामी पहिरो पीडितलाई स्थानीय सरकारले केही ध्यान दिएन ।” पीडित खत्रीले भने, “राज्यले नहेरेपछि हामी फेरि जोखिम क्षेत्रमा फर्किन बाध्य भएका छौँ ।” इस्मा गाउँपालिका वडा नम्बर १ मल्दी सबैभन्दा बढी प्रभावित क्षेत्र हो । स्थानीयहरु अहिले उक्त जोखिम क्षेत्रमा पहिरोको डरडरमा बसिरहेका छन् । राज्यको तदारुकता कम हुनाले जिल्ला प्रशासन कार्यालयले बिस्थापित भनेकाहरु सबै पुरानै जोखिम क्षेत्रमा फर्किन परेको स्थानीय पहिरो पीडित बिशाल कुँवरले गुनासो गरे । यी केही सामान्य उदाहरणहरु हुन् । मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाका २ सय घरपरिवारहरु अपवाद बाहेक सबै ज्यानलाई जोखिममा राखेर पहिरो प्रभावित क्षेत्रमा फर्किएका छन् । तिनै तहका सरकार सहित जिल्ला प्रशासन कार्यालय गुल्मीले समेत त्यस पहिरो प्रभावित क्षेत्रका घरपरिवारलाई बिस्थापित भन्ने तर स्थापित नगर्नाले राज्य संयन्त्र माथि नै प्रश्न खडा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले गत वर्षको असार १८ गते राती अबिरल बर्षाका कारण गएको पहिरोले इस्मा गाउँपालिकाको वडा नम्बर १ र मुसिकोट नगरपालिकाको २ मा मानविय क्षतिसँगै २५० घर विस्थापित भएको, दुई विद्यालय, एक स्वास्थ्यचौकी, आठ सय ८२ रोपनी जग्गामा लगाइएको बालीनाली नष्ट, ७० सिचाँई कुला, ६५ खानेपानी मुहान र करिब ३९० पशुपंक्षीको क्षति भएको बताएको थियो । क्षति पुगेका सिचाँई कुला र खानेपानी मुहान लाखौं रकम खर्च गरेर पीडितले नै बनाएका छन् । फेरि पनि पहिरो जान सक्ने भन्दै स्थानीय त्रसित रहेका छन् । यसमा स्थानीय सरकार उदासिन बनेको छ । फेरि पनि आफुहरु पहिरोको सिकार हुनसक्ने भन्दै अनेत्र जाने ठाउँ समेत नरहेको पहिरो पीडितले गुनासो गर्दै आएका छन् ।

तर, इस्मा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष चुरा बहादुर खत्रीले आफु निरन्तर पीडितको पक्षमा रहेको बताए । वडाले गाउँपालिकासँग समन्वय गरी प्रदेश र केन्द्र तहका सरकारसँग माग गरी सहयोग भइरहेको प्रतिक्रिया दिए । पहिरो प्रभावित क्षेत्रमा जोखिम कम भएमा त्यहाँ बस्ने र अनेत्र बस्नेहरुका लागि घर तयार भएको र हुने वडाध्यक्ष खत्रीले जानकारी दिए ।

इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले बिस्थापित भनिएकाहरु अनेत्र बसाइँ सर्न नमानेको बताए । “हामीले बिस्थापितका लागि गाउँपालिकाका विभिन्न ठाउँमा १० वटा घर बनाएका छौँ ।” अध्यक्ष बिष्टले भने, “बाँकी बिस्थापितहरुको फाइल प्रदेशमा पठाएका छौँ, त्यसलाई प्राधिकरणले हेरेर सहयोग गर्छ ।” स्थानीय सरकार हुदै प्रदेश सरकारले पनि सहयोग गरेको र गर्ने बताउँदै गाउँपालिकाका अध्यक्ष बिष्टले क्षति हुन घण्टा पनि नलाग्ने तर त्यसलाई व्यवस्थापन गर्न लामो समय लाग्ने बताए । खानेपानीका मुहान र सिचाइँका कुला मर्मत तथा व्यवस्थापन गर्न गाउँपालिका निरन्तर लाग्ने पनि उनले स्पष्ट पारे ।

गाउँपालिकाले १० वटा घर निर्माण गरेको बिषयमा आफु जानकार हुदै पहिरो पीडितहरुले अब्यवस्थित तरिकाले अपायक पर्ने गरी गाउँपालिकालाई जहाँ मन लाग्छ त्यहीँ घर बनाएको गुनासो गरेका छन् । गाउँपालिकाले वडा नम्बर १ का बिस्थापित पीडितका लागि गाउँपालिकाको वडा नम्बर ४ र वडा नम्बर २ लगायतका विभिन्न स्थानमा घरहरु निर्माण गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D