अनिल खत्री
२५ चैत, गुल्मी । गृहमन्त्री बालकृष्ण खाँडले निर्वाचनमा भाग नलिने दलहरुलाई निर्वाचनमा भाग लिन आग्रह गरेका छन् । गुल्मी जिल्लामा आयोजित चौथो गुल्मी महोत्सबको उद्घाटन गर्दै मन्त्री खाँडले स्थानीय निर्वाचने जनतालाई शक्तिशाली बनाउने बताए । उनले भयरहित वातावरणमा तोएिकै समयमै स्थानीय तहको निर्वाचन हुने बताए । मन्त्री खाँडले तोकिएकै समयमा बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने उनको भनाई छ ।
देशमा शन्तिको निम्ति पनि स्थानीय निर्वाचन स्वतन्त्र पूर्वका सम्पन्न गर्ने प्रतिबद्धता जनाए । सरकारले आफनो शक्तीलाई स्वातन्त्र पूर्वक निर्वाचन गर्न तर्फ ध्यान केन्द्रत गर्ने बताए । उनले निर्वाचनलाई भय रहित वाताबरणमा सम्पन्न गर्नका लागि सरकार प्रतिबद्ध रहेको समेत दाबी गरे । निर्वाचनलाई स्वच्छ र भयरहित वाताबरणमा सम्पन्न गर्नका लागि सरकार प्रतिबद्ध रहेको भन्दै ढुक्क भएर मतदानमा सहागी हुन सबै नागरिकहरुलाई उहाँले आग्रह समेत गरे ।
पहिलो कार्यकालमा योगदान पुराउने जनप्रतिनिधीलाई धन्यवाद दिँदै नयाँ आउने जनप्रतिनिधीलाई उत्साह पूर्वक काम गर्ने बातारण बनाउनु पर्ने सबैको दायित्व रहेको उल्लेख गरे । उनले महोत्सवले यहाँकोे उत्पादन र राष्ट्रिय उत्पादनलाई पनि परिचित बनाउने बताए । उद्योगी व्यवसायीलाई सुरक्षा दिने कर्तव्य राज्यको रहेको बताए । उनले कोरोना महामारीको बेलामा धेरै होनाहार नागरिकहरु गुमाउनु परेको बताए ।
गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ आजबाट सुरु भएको महोत्सव बैशाख ४ गतेसम्म चल्ने छ । उद्घाटनको अबसरमा सदरमुकाम तम्घास स्थित बिभिन्न संघ संस्थाहरुले बिभिन्न झाँकी लगायत र्याली प्रस्तुत गरेका थिए । महोत्सवमा बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु, बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि महोत्सव अबधीभर प्रर्दशन गरिएको छ ।