gulminews logo
शुक्रबार, २०८० चैत्र १६

सुशासन प्रबद्र्धनमा गुल्मीदरबार अब्बल

सन्तोष महतारा
गुल्मी, २५ चैत । गुल्मीमा ‘स्थानीय तहमा सुशासन प्रबद्र्धनका लागि अन्तरक्रिया’ कार्यक्रम गरिएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिकामा गाउँपालिकाको आयोजना र भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी संस्था गुल्मीको सहयोगमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले सुशासन प्रबद्र्धनको क्षेत्रमा गाउँपालिकाले गरेका कामहरुको सम्बन्धमा जानकारी गराएका थिए । गाउँपालिकाले अध्यक्षसँग प्रमुख प्रशासकीय अधिकृत र प्रमुख प्रशासकीय अधिकृतसँग शाखा प्रमुखबीच करार कार्यसम्पादन सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए । उनका अनुसार गाउँपालिकामा कार्यसम्पादन अनुसार चौमासिक कर्मचारी मुल्याङ्कन, मासिक ई–बुलेटिन प्रकाशन, पहिचानसहितको लोगो निर्माण, सुचनाको हकको लागि स्वतः प्रकाशन, गुल्मीदरबार दर्पण नामक पुस्तक र भिडियो डकुमेन्ट्री निर्माण, गुल्मीदरबार नामक गित, भूमि बैंकको स्थापना, सहायता कक्षको स्थापना, १० सूचकमा कर्मचारीको मुल्याङ्कन, आन्तारिक आम्दानीको बृद्धि, कर्मचारीलाई स्थायी मोबाइल नम्बर उपलब्ध, गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालयमा ई–हाजिरीको व्यवस्था, बिजुली नहुँदा सोलारको व्यवस्था, अनलाईन राजस्व प्रणालीको सुरुवात, कस्तो छ आमा कार्यक्रम, कृषकसँग गाउँपालिका कार्यक्रम, वडाबाट योजना सम्झौता, योजना सम्बन्धि विस्तत बिवरण लेखिएको पुस्तिकाको व्यवस्था, अपाङ्ग परिचयपत्र बितरण, अनलाईन माध्यमबाट घटनाहरु दर्ता, सामाजिक सञ्जाल र वेभसाइट मार्फत सूचना प्रबाह गरिरहेको छ ।

गाउँपालिकाका महत्वपूर्ण सूचना र कार्यक्रम प्रत्येकको मोबाईलमा म्यासेज जाने व्यवस्था, सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण, थप १५ कार्यविधिको निर्माण, हाम्रो गुल्मीदरबार नाम पुस्तक कक्षा १ मा लागु गरिएको, बिपद् व्यवस्थापन गर्न आवश्यक औजार खरिद, जनतासँग रेडियो कार्यक्रम संचालन, स्वमुल्याङ्कनमा ८१ प्रतिशत अंक प्राप्त, मासिक रुपमा कर्मचारी बैठक, बाताबरण तथा फोहोरमैला व्यवस्थापन गर्न कार्यविधि निर्माण, लघु उद्यम मार्फत ९० उद्यमी तयार, २ सय १० जनालाई अनुशिक्षण तालिम, शुद्ध पिउने पानीको व्यवस्था, रणनैतिक योजनाहरु संचालन, वडामा अनलाईन अनुगमन, ९८ प्रतिशत खरका छानामुक्त घर, कृषि सम्बन्धि तालिम, कृषि गणना, विद्यार्थीसँग गाउँपालिका कार्यक्रम संचालन, खेलाडीसँग गाउँपालिका कार्यक्रम संचालन, सबै वडामा मेलमिलाप केन्द्र स्थापना, नियमित बजार अनुगमन, चौमासिक र वार्षिक समिक्षा, सार्वजानिक सुनुवाई कार्यक्रम, कर्मचारी आचारणको मुल्याङ्कन, सुविधासम्पन्न सभाहलको निर्माण, टोल विकास गठन तथा परिचालन कार्यविधि निर्माण, सार्वजानिक जवाफदेहिता प्रबद्र्धन सम्बन्धि कार्यविधिको निर्माण र बार्षिक ई–बुलेटिन प्रकाशन लगायतका कामहरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।

कार्यक्रममा भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी संस्था गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डेले आफ्नो संस्थाबाट सरकारी तथा सार्वजानिक कार्यालयहरुको निगरानी, अनुगमन, प्रबद्र्धन, समन्वय, सहकार्य र अख्तियार दुरुपयोग अनुसनधान आयोगको कार्यालयको सम्पर्कसूत्रको रुपमा रहेर काम भइरहेको बताए । उनले गुल्मीदरबार गाउँपालिकाबाट सुशासन प्रबद्र्धनमा निकै उल्लखेनीय कामहरु भएको बताए । गाउँपालिकाले गरेका क्रियाकलापहरुले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन प्रबद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको पाण्डेले बताए ।

भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी संस्था गुल्मीका अध्यक्ष पाण्डेका अनुसार राजनीतिक पक्ष, सामाजिक पक्ष, साँस्कृतिक पक्ष, आर्थिक पक्ष, संरचनागत पक्ष, कानुनी पक्ष र संघीय व्यवस्थाका कारण भ्रष्टाचार नियन्त्रण गर्न चुनौती भइरहेको छ । पाण्डेले गाउँपालिकालाई तेस्रो पक्षबाट अनुगमन गराउन, सचेतना कार्यक्रम गर्न, बिचौलियालाई निषेध गर्न र परम्परागत प्रक्रियालाई आधुनिकतातर्फ लैजाने लगायतका काम गर्न सुझाव दिएका थिए । नागरिकले पनि वडापत्र अध्ययन गर्ने, प्रक्रिया पुराउने, बिचौलियाको सहारा नलिन, गुनासो भन्ने र उजुरी दिने लगायतका कामहरु अनिवार्य गनुपर्ने पाण्डेले बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले सुशासनको प्रबद्र्धनका लागि कानुनको शासन, नैतिक सत्य निष्ठा, सहभागिता, जिम्मेवारी, उत्तरदायित्व, प्रभावकारिता रकार्यकुशलतामा ध्यान दिनुपर्ने बताए । पौडेलले गुल्मीको गौरव र इतिहाससँग जोडिएको गुल्मीदरबार गाउँपालिका सुशासन प्रबद्र्धनमा अब्बल रहेको बताएका छन् । विकास निर्माणका काममा प्रभावकारिता गराउन सुशासन हुनुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलको जोड छ । उनका अनसार कुनै ब्यक्तिको नियत र अवसरमा भ्रष्टाचार साथै सुशासन निर्भर रहने गर्दछ । कुनै ब्यक्तिको नियत नभएमा भ्रष्टाचार नहुने र नियत भएपनि अवसर प्राप्त नभएमा भ्रष्टाचार नहुने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ रहेको थियो । नियत पनि नहुने र अवसर पनि प्राप्त नहुने भएमा सुशासन सजिलै प्रबद्र्धन हुने उनले बताए ।

कार्यक्रमका अध्यक्ष तथा गाउँपालिकाकी कार्यावाहक अध्यक्ष मीना भण्डारीले सुशासन प्रबद्र्धन सम्बन्धि कार्यपत्र प्रस्तुत गर्ने प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल र भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी संस्था गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डेलाई धन्यवाद ब्यक्त गरिन् । सुचना प्रवाह र जनसहभागितामा आफूहरुले ध्यान दिएको भन्दै गाउँपालिकाकी कार्यावाहक अध्यक्ष भण्डारीले स्थानीयहरुमा सकारात्मक सोचको विकास भएमा समाज परिवर्तन गर्न सकिने बताइन् । कार्यक्रममा सहभागिहरुले सुशासन प्रबद्र्धनमा गुल्मीदरबार गाउँपालिका अब्बल रहेकोमा जनप्रतिनिधि तथा कर्मचारीहरुको प्रशंसा गरेका थिए । कार्यक्रमको संचालन भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी संस्था गुल्मीका कोषाध्यक्ष कृष्ण पोखरेलले गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D