सुशासन अभियान गुल्मीद्वारा विद्यालयको सामाजिक परिक्षण

रमेश विश्वकर्मा
गुल्मी, जेठ ०७ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आबद्ध संस्था सुशासन अभियान गुल्मीले जिल्लाको एक विद्यालयमा सामाजिक परिक्षण कार्यक्रम गरेको छ । सुशासन अभियान गुल्मीले जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. ४ मा रहेको सेउघा आधारभुत विद्यालयको सामाजिक परिक्षण कार्यक्रम गरेको हो ।

सुशासन अभियान मार्फत सञ्चालित एलाक आउटरिच कार्यक्रम अन्तर्गत विद्यालयको सामाजिक परिक्षण कार्यक्रम गरिएको कार्यक्रम अधिकृत अञ्जना अधिकारीले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरीलाल पन्थीको अध्यक्षतामा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।

सुशासन अभियान गुल्मीका सचिव विनोद पाण्डेयले एलाक आउटरिच कार्यक्रम बारे जानकारी दिनुभयो । उक्त कार्यक्रममा विद्यालयका शिक्षक अभिभावाक संघका अध्यक्ष टोपेन्द्र थापा मगरले विद्यालयको अवस्थाको बारेमा प्रकाश पार्नुभयो । त्यसैगरी प्रधानाध्यापक कमला गौतमले विद्यालयका हालसम्मको आय–व्यय विवरणका साथै विद्यालयको गतिविधि प्रस्तुत गर्नु भएको हो ।

सुशासन अभियान गुल्मीको तर्फबाट लेखापरीक्षक परशुराम पन्थीले आर्थिक कारोबारहरुको अध्ययन गरि विद्यालयको लेखा पारदर्शी भएको बताउँदै शिक्षक दरबन्दी कम भएको, आधुनिक भौतिक पूर्वाधारहरुको कमी रहेको र विषयगत स्थायी शिक्षकको सम्बन्धीत निकायमा माग राख्नुपर्ने सुझाव समेत दिनुभयो । सुशासन अभियान गुल्मीका उपाध्यक्ष ढुण्डीराज पोख्रेलले शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक परामर्श सहितको मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका भौतिक अवस्था, विद्यार्थीहरुको भर्ना, विद्यालयमा रहेका समस्या तथा सामाधानका उपाएहरुको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पद्याधिकारी, अभिभावक संघका सदस्यहरु, शिक्षक शिक्षिका, सरोकारवाला व्यत्तिहरु लगाएतको उपस्थित रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ