सुरु भयो गुल्मीको ‘चन्द्रकोट चक्रेश्वर महोत्सव’, मङ्सिर २५ सम्म चल्ने

नविन थापा
मङ्सिर १७ । बिगतका बर्षहरुमा जस्तै यस वर्षपनि गुल्मीको शान्तिपुरमा ‘चन्द्रकोट चक्रेश्वर महोत्सव’ सुरु भएको छ | हरेक बर्ष बालाचतुर्दशीका अवसरमा चल्ने मेला, यो बर्ष महोत्सवका रुपमा मङ्सिर १६ देखि २५ गतेसम्म चन्द्रकोट गाउँपालिकाको केन्द्र शान्तिपुरमा सुरु भएको छ |

‘चन्द्रकोट क्षेत्रको शान,चक्रेश्वर मेला हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुदै गरेको यो महोत्सव चन्द्रकोट क्षेत्रको मौलिक कला संस्कृति,पर्यटन,व्यापार,कृषि तथा औधोगिक उत्पादनलाई उजागर गर्ने उदेश्यका साथ सुरु भएको छ |

‘अर्जेवाको झरना,टिमुरे लेक,कौडेभुलेनीको लेक,सिद्धबाबा,चन्द्रकोट मन्दिर,दिब्रुंग शिवालय,चक्रेश्वर शिवालय लगायतका पर्यटकीय सम्भावना बोकेका क्षेत्रको प्रचारप्रसारसंगै स्थानीय कृषि उत्पादनको प्रदर्शनी,स्थानीय झाँकी,स्थानिय मौलिक जातजातिको नाचगान,भजन,पन्चेबाजा मेलाका मुख्य आकर्षण रहेका छन् | राष्ट्रिय स्तरका कलाकारको बेजोड सांस्कृतिक प्रस्तुतीसंगै करिब १० दिनसम्म शान्तिपुर नगरी महोत्सवको माहोलमा झुम्ने छ |

सोमबार महोत्सवको अनऔपचारिक उद्घाटन चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण खत्रीबाट गरिएको छ | कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थती रहेको थियो | कार्यक्रमको औपचारिक उद्घाटन प्रदेश न ५ का पर्यटनमन्त्रि लिला गिरीसंगै सामाजिक विकासमन्त्रि सुदर्शन बरालबाट आउदो मङ्सिर २० गते हुनेछ | समग्र चन्द्रकोट क्षेत्रको गरिमा बोकेको ‘चन्द्रकोट चक्रेश्वर महोत्सव २०७५’ लाई उदय शान्ति युवा क्लब र चन्द्रकोट गाउँपालिकाले संयुक्त रुपमा आयोजना गरेका छन् |

महोत्सवमा खुल्ला पुरुष भलिवल प्रतियोगिता, खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिता, चन्द्रकोट सिंगिंग स्टार, चन्द्रकोट डान्सिंग स्टार, लोक दोहोरी प्रतियोगिता, भजन प्रतियोगिता, टिमुरे लेकबाट प्याराग्लाइडिङको परीक्षण, स्थानीय झाँकी, नाँचगान, कृषिजन्य एवम् औद्योगिक उत्पादनको प्रदर्शनी, स्थानीय पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी समेत हुनेछन् |

मेलामा करिब १२० ब्यापारिक स्टलहरु राखिएका छन्,करिब ५ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा लिइएको मेला स्थल शान्तिपुर बजार बेहुलीझै सिंगारिएको छ | मेलाको मुख्य उद्देश्य शान्तिपुर नगरीभित्र बहु-प्रयोजनको खेलमैदानको जग्गा खरिदका लागि आर्थिक श्रोत जुटाउने रहेको छ |

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ