Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
सुरक्षाकर्मीले जेठ २९ गते चिदिचौरमा आगलागीको डेमोस्टेशन गर्ने - Gulminews

सुरक्षाकर्मीले जेठ २९ गते चिदिचौरमा आगलागीको डेमोस्टेशन गर्ने

टोपलाल अर्याल
गुल्मी, २७ जेठ । जिल्ला स्तरिय बिपद् व्यावस्थापन समितिको बैठक सम्पन्न भएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरको अध्यक्षतामा बसेको बैठकले बिशेष गरेर दुई निर्णयहरु गरेको छ । आउने जेठ २९ गते बिपद्संग सम्बन्धित कृत्रिम घटनाको परिकल्पना गरि अग्रिम अभ्यास गर्ने अर्थात डेमोस्टेशन गर्ने निर्णय भएको छ ।

कृत्रिम घटनाको परिकल्पना गरि गरिएको अग्रिम अभ्यास मार्फत जोखिम न्यूनिकरण, व्यावस्थापनसंगै सरोकारवालामा सचेतना अभिवृद्धि गर्ने उदेश्य रहेको बैठकका अध्यक्ष तथा निमित्त प्रमुख जिल्ला अधिकारी गैरैले जानकारी दिए । बिपद्को अग्रिम अभ्यास गर्ने अर्थात डेमोस्टेशन जेठ २९ गते बिहान ११ बजे तम्घासको चिदिचौरमा गरिने छ । बिशेष गरेर घरको चुलोबाट हुने आगोलागि नियन्त्रणको बिषयमा डेमोस्टेशन प्रर्दशन गरिने छ ।

सचेतनामूलक कार्यक्रम भएकाले बजारबासीसवैलाई उपस्थित हुन प्रशासनले अनुरोध गरेको छ । त्यस्तै मनसुनजन्य प्रकोपका कारण हुन सक्ने संभावित घटनाको पहिचान गरेर सोबाट हुन सक्ने जनधनको क्षतिलाई न्यूनिकरण मनसुन पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने निर्णय बैठकले गरेको छ । जसका लागि ०७८ सालको प्रतिकार्य योजनाको अध्ययन गरेर सुझाव तथा विवरण तीन दिन भित्र जिल्ला प्रशासन कार्यालयमा पेश गर्न भनिएको छ ।

बैठकमा सुरक्षा निकायका प्रमुख, राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख, पत्रकार, नागरिक समाज लगायतको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D