gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अाराेपी ‘गोरे’ लाई प्रहरीले यस्तो अवस्थामा पक्राउ गरेको थियो

काठमाडौँ । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अाराेपी चूडामणि उप्रेती (गोरे) लाई गृहमन्त्रालयको विशेष छानबिन समिति अन्तरगत खटिएको प्रहरीको टोलीले बिहान ५:३४ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको छ ।

करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ लाई पक्राउपछि सार्वजनिक गरिएको छ । सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले गोरेलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

आज गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेरका गोरेलाई सार्वजनिक गरिएको हो । समितिका अनुसार गोरे काठमाडौं आएको सूचनाका आधारमा पछ्याउने क्रममा पक्राउ परेका हुन् । विहान करिव ५ः ३४ बजेतिर काठमाडौं गौरिघाट क्षेत्रबाट पक्राउ गरिएको समितिका संयोजक ईश्वरीराज पौडेलले जानकारी दिए ।

गोरे गौरीघाटमा नै बस्दै आएका थिए । हिजो काठमाण्डौ उपत्यका प्रवेश गरेको भन्ने गोप्य सुचनाका आधारमा रातभर प्रहरीले निगरानी राखेको थियो ।

“सुचनाका आधारमा हामी बाहिरै थियौँ । गोप्य स्थानमा परिचालित थियौँ । सोही क्रममा आज विहान गौरीघाट क्षेत्रबाट पक्राउ गरिएको हो ।” पौडेलले भने ।

यसअघि नेपाल र भारतका विभिन्न स्थानमा गोरेको खोजि गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पक्राउपछि गोरेसँग गरिएको सामान्य सोधपुछले उक्त घटनाका अन्य पोलहरुसमेत खुलेको पौडेलले बताए ।

“गोरेसँग सोधपुछ गर्ने क्रममा अन्य सुचनाहरु पनि प्राप्त भएका छन् । अहिलेसम्म पक्राउ गरिएकाबाहेक अरु व्यक्तिका बारेमा पनि अब गहन अनुसन्धान गर्छौँ ।” पौडेलले भने । “अन्य तथ्य र प्रमाणहरु पनि प्राप्त भएको छ । ति विषयमा पनि गहिराइका साथ अनुसन्धान गर्छौँ ।”

अनुसन्धान निकै जटिल र गम्भीर प्रकृतिको भएको पौडेलको भनाई छ सार्वजनिक कार्यक्रममा गृह मन्त्रालयका सहसचिवसमेत रहेका पौडेलले सुन तस्कर काण्ड जेरी जस्तै जेलिएकाले गहन अनुसन्धान गर्नुपर्ने बताए ।

“यो जेरी जस्तै जेलिएको र हरेक जेरीलाई सेलरोटीजस्तै खुलाउँदै लानुपर्ने छ । जेरीबाट सबै सेलरोटी निकाल्नुपर्ने भएकाले संचारमाध्यमले पनि गम्भीरतपूर्वक लिन आग्रह गर्दछु ।”

मोरङ जिल्ला अदालतमा नै मुद्दा दायर भएकाले अब गोरेलाई छानविनका लागि मोरङ जिल्ला अदालत पठाइने पौडेलले जानकारी दिए ।

सुन तस्कर र सनम शाक्य हत्याको मुद्दा संगठित अपराध ऐनअन्तरगत आकर्षित हुने पौडेलको भनाई छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D