gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

सुत्केरी दीपाले पाइन गुल्मी अस्पतालबाट पुर्नजन्म

अनिल खत्री
१४ साउन, गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिका वडानम्बर–३ सिर्सेनी की दीपा नेपालीले गुल्मी अस्पतालबाट पुर्नजन्म पाएकी छिन् । उनी यही साउन १० गते पुर्कोटदह स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिइन् ।

सुत्केरी भएको केही समय पछि उनको यौनीमार्गबाट रगत बगिरहेपछि उनी वेहोस भएकी थिइन् । उनको ज्यान बचाउनको लागि राती ११ बजे गुल्मी अस्पतालमा लिएपछि २ पोका रगत र स्वास्थ्यकर्मीको उपचारले पुर्नजन्म पाएकी हुन् । गुल्मी अस्पतालमा आउँदा उनको अवस्था रगतको कमीले गर्दा नाजुक रहेको थियो । उनको शरीरमा रगतको कमी भएपछि तम्घास ल्याउदा केही थाहा नपाउने स्थितीमा रहेको गुल्मी अस्पतालकी नर्स सीता कार्कीले बताइन् ।

त्यस पछि उनको स्वास्थ्य जाँच गर्दा पाठेघरको मुख च्यातिएको हुँदा उनलाई बढी मात्रमा रगत बगेको बताइन् । स्वास्थ्यकर्मीको सहयोगमा उनको पाठेघर सिलाएपछि रगत रोकीएसंगै स्वास्थ्यकर्मीको उपचार पछि अहिले सुत्केरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन् । सुत्केरी भएको केही समय पछि निरन्तर रगत बग्यो त्यसपछि आफु २ पटकसम्म वेहोस भएको दीपा नेपालीले बताइन् । यस्तो अवस्थामा हुँदा बच्छु भर्ने आस मरिसकेको नेपालीले बताइन् ।

गुल्मी अस्पतालमा आएपछि स्वास्थ्यकर्मीको उपाचारले पुर्नजन्म पाएको सुत्केरी नेपालीको बताइन् । आफ्नो ज्यान बचाउन सहयोग गर्ने गुल्मी अस्पताल र स्वास्थ्य कर्मीलाई सुत्केरी नेपाली धन्यवाद दिइन् । उनले पुर्कोटदह स्वास्थ्य चौकीमा छोरी जन्माएकी थिइन् । सुत्केरीको घरायसी अवस्था कमजोर भएको हुँदा उनको सबै उपाचार खर्च निशुल्क गरिएको अस्पतालले जनाएको छ ।

गुल्मी अस्पतालले गरिव निमुखा जनताको लागि स्वास्थ्यको क्षेत्रमा उल्लेखिनीय काम गर्दै आएको छ । पछिल्लो समय गुल्मी अस्पताल सुत्केरी लगायतका अन्य सेवाहरुमा अब्बल बन्दै गएको छ ।

कुनैबेला रिफर सेन्टर जस्तै बनेको अस्पताल अहिले बिरामीहरुका लागि निकै सहज बनेको छ । सरकारी अस्पतालले राम्रो उपचार गर्दैनन भन्ने आम मानिसको सोचाईलाई गुल्मी अस्पतालले चिरदिएको छ । अस्पतालमा हाल दैनिक ३ सय वढि बिरामीले दैनिक सेवा लिदै आएका छन् भने कयौं सुत्केरीहुने आमाहरु पनि यस अस्पतालमै सेवा लिएर घर फर्केका छन् । सरकारी अस्पताले आम नागरिकको भरोसाको केन्द्र बनेपछि उपचारकै लागि अनेत्र धाउनुपर्ने बाध्यतालाई केहिहदसम्म कम गरेको छ । जसले गर्दा गरिव ताथ निमुखा नागरिकको लागि धेरै नै सहज अस्पताल बनेको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D