सीमा बिवाद समाधानका लागि कुटनीतिक पहल जारी : मन्त्री ज्ञवाली

हुमाकान्त पोखरेल
गुल्मी, चैत ०१ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारत सम्बन्धी सीमा बिवाद समस्या समाधानका लागि कुटनीतिक तवरबाट पहल भइरहेको बताएका छन् । भारतले लिपुलेक जस्ता सिमा मिचेकोले उक्त सिमा फर्काउनको लागि वार्ताको मिति तोक्न कुटनीतिक पहल भइरहेको बताएका हुन् ।

गृह जिल्ला गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीले ‘पार्टी एकता सुदृणीकरण तथा जनसम्बन्ध बिस्तार अभियान’ कार्यक्रममको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन । भारतले एकलौटी रुपमा नेपालको भूमिलाई समेटेर तयार पारेको नक्सा नेपालका लागि मान्य नभएको भन्दै मन्त्री ज्ञवालीले कुटनीतिक तरिकाबाट सीमा समस्या हल गर्नका लागि बार्ताको माध्यमबाट समाधान गर्न मिति तत्कालै तोक्ने गरी तयारी भएको जानकारी दिए । ‘धेरै व्यक्तिहरुबाट विभिन्न प्रकारका कुराहरु आइरहेका छन्, तर सरकार कत्ति पनि झुकेको छैन ।’ मन्त्री ज्ञवालीले भने, ‘वार्ताबाट समस्याको समाधान खोज्दा ढिलाई भएको हो ।’ इतिहासमै पहिलो पटक सरकार निडरताका साथ प्रस्तुत भएकोले भारत पनि सिमा विवाद समाधान भएको उनको भनाई छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ