gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

सीपले क्वारेन्टाइनमै आम्दानी

टोपलाल अर्याल
गुल्मी, १७ जेठ। अर्जेका ४९ बर्षीय यम बहादुर विक क्वारेन्टाइनमै डोको बनाउन व्यस्त छन् । बिहानदेखि बेलुकासम्म दुई वटा डोको सजिलै बनाउँछन् । विक गत जेठ १३ गते भारतबाट आएका हुन् । उनीसंगै १० जनालाई वडा कार्यालयले अर्जे माविको क्वारेन्टाइनमा व्यावस्थापन गरेको छ । कम्तिमा दुई हप्ता क्वारेन्टाइनमै बस्नुपर्ने भएपछि विकले डोको बनाउने सोचे ।

मालिका गाउँपालिका ६ को अर्जे मावि क्वारेन्टाइनमा डोको बनाउँदै ४९ बर्षीय यम बहादुर विक ।

वडा कार्यालयले बाँस दियो । सीप उनीसंगै थियो । अब दैनिक डोको बनाएर आम्दानी गर्ने विकको योजना छ । ‘त्यतिकै बसेपछि अनेक सोचहरु आउने रहेछन्, दुई हप्ता कसरी ठेल्ने,’उनले भने,‘क्वारेन्टाइनमै खानेबस्ने गरेर डोको बनाउन पाएकोमा खुसी छु ।’ उनी भारतमा काम गर्न थालेका ११ बर्ष भए । विकले पहिले गाउँमा पनि मजदुरीसंगै फुर्सदमा डोको बनाउन्थे । गाउँमा सिकेको काम अहिले दुखमा पनि काम लागेको उनले बताए ।

उनले आफुले मात्रै काम गरेका छैनन् । क्वारेन्टाइनमा रहेका भतिज सुबास विकलाई पनि डोको बनाउन सिकाईरहेका छन् । ‘म संगै भतिजलाई पनि डोको बनाउन सिकाएको छु,’उनले भने,‘सीप कहिल्यै मर्दैन अरुले पनि इच्छा देखाएका छन् ।’ गाउँमा एउटा डोकाको मुल्य साढे दुई सयदेखि तीन सय रहेको छ । बनाउन सके बजारको कुनै समस्या छैन् । दैनिक दुई वटा डोका बनाएर दुई हप्तामा आठ÷नौ हजार आम्दानी हुने उनले बताए । विकले भारतमा होटलको काम गर्थेे । कोरोना संक्रमणका कारण होटल बन्द भए ।

दुई महिना त्यतिकै खाली बसे । कामको टुङ्गो नभएपछि गाउँ आएका विक अहिले क्वारेन्टाइनमा छन् । विकसंग सात÷आठ जनाको परिवार र क्रृण छ । बाध्यताले भारत पसेका उनी गाउँमै कुनै उद्यम वा रोजगारी पाए फर्कने मानसिकतामा छैनन् । ‘डोको बुनेर घर खर्च चले पनि क्रृण तिर्ने कसरी ? स्थानीय सरकारले अरु काम दिए फर्किदैन,’उनले भने,‘ गाउँमा मेलापात बाह्रैमास चल्दैन ।’ अरु क्वारेन्टाइनमा भएकाहरुले पनि आफ्नो सीप प्रयोग गर्न खोजे आफुहरुले सहयोग गर्ने मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।

गुल्मीमा मात्रै पछिल्लो समय भारतबाट आएका करिव २५ सय जना क्वारेन्टाइनमा छन् । गाउँमा इन्टरनेटको सहज पहुँच पनि छैन् । संक्रमणको भयकाबीच कोठा भित्रको लामो बसाईलाई धेरैले निकै सकशपूर्ण रुपमा लिएका छन् । तर स्थानीय तहले क्वारेन्टाइनमा रहेकाहरुको सीप को पहिचान गरेर नयाँ र सृजनात्मक काममा लगाउने सके दुई हप्ता पनि उपलब्धि बनाउन सकिने नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेयले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D